काठमाडौँ / सिटी एक्सप्रेस मनि ट्रान्सफरले असार २७ गते १८ बसन्त पार गरेर १९औँ बर्षमा प्रवेश गरेको छ । १९औँ बार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले आयोजित कार्यक्रममा मुख्य अभिप्राय ‘रक्तदान जीवनदान-हामी सबैको योगदान’भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
सिटी एक्सप्रेसको कमलादीस्थित आफ्नै मुख्य कार्यालयमा उल्लेख्य सहभागिताका साथमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । साथै, १९औँ बार्षिकोत्सवको अवसरमा कम्पनीले बर्षको उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत पनि गरेको थियो ।
उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालकोसमेत उपस्थिती रहेको थियो ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै, सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पेबाट रेमिटान्स भुक्तानी पनि गर्न सकिन्छ ।