‘अञ्जिला’का निर्देशक चाम्सले ‘सुम्निमा’ निर्देशन गर्ने, अभिनेता कुन्साङ अनुबन्ध

‘अञ्जिला’का निर्देशक चाम्सले ‘सुम्निमा’ निर्देशन गर्ने, अभिनेता कुन्साङ अनुबन्ध

सोमवार, असार ३० २०८२
सोमवार, असार ३० २०८२
  • ‘अञ्जिला’का निर्देशक चाम्सले ‘सुम्निमा’ निर्देशन गर्ने, अभिनेता कुन्साङ अनुबन्ध

    काठमाडौँ / निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने लभ स्टोरी जनराको चलचित्र ‘सुम्निमा’मा अभिनेता कुन्साङ बमजन अनुबन्ध भएका छन् । चलचित्र ‘बिर बिक्रम’,‘लिली बिलि’,’ब्लाइण्ड रक्स’, ‘बबी’ ‘गोर्खा वारियर’, ‘अञ्जिला’ जस्ता फरक फरक जनराको चलचित्र निर्देशन गरेर आफुलाई अब्बल निर्देशकको रूपमा प्रमाणित गरेका चाम्सले ‘सुम्निमा’ निर्देशन गर्न लागेका हुन् । 

    images
    images

    अभिनेता कुन्साङ बमजनले मिलन चाम्सको चलचित्रमा काम गर्न पाउनु आफ्नो लागि गर्वको कुरा भएको बताएका छन् । चलचित्रलाई आफ्नो डेब्यु चलचित्रको रूपमा आफुले दिलो ज्यानले मेहनत गरेर आफुलाई प्रमाणित गर्ने उनले बताए । 

    गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्र विशुद्ध प्रेमकथामा बन्ने निर्देशक चाम्सले बताए। चलचित्रको अभिनेत्रीमा उपासना सिंह ठकुरी अनुबन्ध भइसकेकी छन्। 

    चलचित्रको अन्य कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए। निर्देशक चाम्सका अनुसार, यूनिसर्भल कथा र अन्तराष्ट्रिय बजारलाई ध्यान राख्दै यो चलचित्र तयार पारिनेछ ।

    राजीव थापाको लेखनमा बन्न लागेको चलचित्रको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुने बताईएको छ । चाम्सद्वारा निर्देशित चलचित्र ‘अञ्जिला’ ले ब्लकबस्टर ब्यापार गरेको छ। बायोपिक चलचित्रमा सबै भन्दा बढी व्यापार गर्ने रेकर्ड पनि ‘अन्जिला’ले बनाएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com