नेपालमै पहिलोपटक महिला भलिबल खेलाडीहरूको ‘प्लेयर अक्सन’ हुँदै

नेपालमै पहिलोपटक महिला भलिबल खेलाडीहरूको ‘प्लेयर अक्सन’ हुँदै

सोमवार, असार ३० २०८२
सोमवार, असार ३० २०८२
  • नेपालमै पहिलोपटक महिला भलिबल खेलाडीहरूको ‘प्लेयर अक्सन’ हुँदै

    काठमाडौँ / नेपाली भलिबल इतिहासमा पहिलोपटक महिला खेलाडीहरूका लागि ‘प्लेयर अक्सन’ प्रक्रिया सुरु हुने भएको छ।

    images
    images

    वात्सल्य एभरेष्ट महिला भलिबल लिगअन्तर्गतको यो ऐतिहासिक कार्यक्रम आगामी श्रावण २ गते (जुलाई १८, २०२५) राजधानी काठमाडौँमा आयोजना हुँदैछ।

    छ वटा फ्रेन्चाइज टोलीको सहभागितामा हुन लागेको यो अक्सन नेपाली महिला भलिबलको व्यावसायिक यात्रामा एक युगान्तकारी मोड सावित हुने विश्वास गरिएको छ। 

    प्रत्यक्ष बोलकबोल प्रणालीमार्फत टोलीहरूले राष्ट्रिय स्तरका स्टार खेलाडीहरूदेखि नवप्रतिभा र उदाउँदा खेलाडीहरूबीचबाट आफ्नो टिम चयन गर्न पाउनेछन्।

    लिग आयोजककाअनुसार उक्त अक्सन प्रक्रियाले पारदर्शिता, प्रतिस्पर्धात्मकता र प्रतिभा आधारित छनोट प्रणालीलाई सुनिश्चित गर्नेछ। यसले खेलाडीहरूको सीप, मूल्य र पहिचानलाई संस्थागत मान्यता दिने महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ।

    लिग पदाधिकारीहरू, फ्रेन्चाइज प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थितिमा काठमाडौँमा हुने यो कार्यक्रम नेपाली महिला भलिबललाई नयाँ युगमा प्रवेश गराउने इतिहासकै पहिलो व्यावसायिक संरचना हुने आयोजकको दाबी छ।

    “यो अक्सन मात्र होइन, यो नेपाली महिला भलिबलको लागि ऐतिहासिक मोड हो । खेलाडीहरूलाई अब उनीहरूको सिप र मूल्यअनुसार पहिचान दिइँदैछ, जुन सम्पूर्ण नेपाली खेल क्षेत्रका लागि गर्वको कुरा हो, ” आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com