काठमाडौँ / मन्जुश्री फाइनान्सले लिमिटेडले आफ्नो विभिन्न शाखाहरूमार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमहरू गरेको छ ।
बुटवल शाखामार्फत प्रारम्भ गरेको कार्यक्रम, बिरगंज, पोखरा, मुर्गिया, इटहरी, धरान हुँदै मन्जुश्रीले शिक्षा, स्वास्थ तथा बालगृहलगायतका विभिन्न क्षेत्रमा काम गरिरहेको संघ संस्थालाई सहयोग गरेको छ ।
संस्थाका पोखरा शाखाले अमोर बालगृहलाई रु. १ लाख बराबरको दैनिक आवश्यकताका सामग्रीहरू उपलब्ध गराई सहयोग गरेको छ ।
मुर्गिया शाखाले भने सैनामैना नगरपालिकाको मुर्गियास्थित परोहा बहुमुखी क्याम्पसको स्नातक तहमा अध्यनरत विद्यार्थीहरूलाई आवश्यक पुस्तक वितरण गरेको छ ।
धरान शाखाले पनि धरानमा अवस्थित श्री पञ्चकन्या माध्यमिक विद्यालय तथा श्री सावित्री माध्यमिक विद्यालयलाई पाठ्यक्रमका सामाग्रीहरू वितरण गरेको छ ।
साथै, फाइनान्सको बुटवल शाखाले नेपाल नियमित रक्तदाता संघद्वारा बुटवल–७ दीपनगरस्थित सिद्धेश्वरी लालकुमारी मावि परिसरमा रक्तदान कार्यक्रम, मधुमेह परीक्षण तथा निःशुल्क स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न भएको छ।
आफ्ना विभिन्न शाखाहरु मार्फत मन्जुश्री फाइनान्सले आफ्नो सामाजिक दायित्वलाई पुरै जोशका साथ पुरा गर्दै आएको छ भने आगामी दिनहरुमा पनि अझै समाजको उन्नतिको लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन्छ भन्ने विश्वास रहेको छ ।
मन्जुश्रीले हालसम्म रु २२ अर्व निक्षेप संकलन गरि करिब १८.२ अर्ब कर्जा परिचालन गरेको छ । निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हालसम्म २७ ओटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरूलाई उत्कृष्ट बैंकिग सेवा उपलब्ध गराइरहेको छ ।
हालको मितिसम्म १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा पुर्याउदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रूपमा रहेको छ ।