भानु जयन्तीको अवसरमा एक लाख एक रुपैयाँ राशीको शान्ति साहित्यिक पुरस्कार घोषणा

भानु जयन्तीको अवसरमा एक लाख एक रुपैयाँ राशीको शान्ति साहित्यिक पुरस्कार घोषणा

सोमवार, असार ३० २०८२
सोमवार, असार ३० २०८२
  • भानु जयन्तीको अवसरमा एक लाख एक रुपैयाँ राशीको शान्ति साहित्यिक पुरस्कार घोषणा

    काठमाडौँ / आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवसरमा काठमाडौँको पीस एम्बेसी बिल्डिङ्ग नक्सालमा स्रष्टाहरूले आफ्ना रचना वाचन तथा शान्ति साहित्यक सभाको आयोजना गरेर मनाएका छन् । 
     
    बिश्व शान्ति तथा एकीकृत परिवार संघ तथा सिद्धान्त अनुसन्धान महाविद्यालय संघको सयुक्त्त आयोजनामा शान्ति साहित्यक सभा तथा एक लाख एक रुपैया राशीको शान्ति साहित्यिक पुरस्कार धोषणा गरिएको छ ।

    images
    images

    साहित्यक सभामा आयोजक विश्व शान्ति तथा एकीकृत परिवार ससंघका दक्षिण एसियाका निर्देशक कृष्ण बहादुर अधिकारी सेवकले घोषणा उक्त पुरस्कारको घोषणा गरेको हुन् । गीतकार समेत रहेका अधिकारीले आदिकवि भानुभक्त आचार्यको जन्म दिन नेपाली भाषाको गौरव गाउने महान दिन भएको बताएका छन् । अधिकारीले नेपाल मात्र नभइ  दार्जलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुने गरेको बताए ।  

    संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको सुरुवात हुनु अद्वितीय उदाहरण भएको अधिकारीको भनाइ छ।

    “भानु जयन्ती केबल जन्मजयन्ती होइन, नेपाली भाषाको गौरव गाउने महान दिन हो,” उनले भने, “नेपाल मात्र होइन, दार्जलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुनु र संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको शुरुवात हुनु अद्वितीय उदाहरण हो।” 

    अधिकारीले नेपाली भाषालाई अझ प्रगतिशिल र विश्व साहित्यको हिस्सा बनाउने प्रण गर्न जरुरी रहेको बताए । 

    गीतकार अधिकारीले बिश्व शान्तिका अभियान्ता डा. सन म्याङ्ग मुन र डा.हाक जा हान मुनको प्रेरणाबाटै आपूले साहित्यमार्फत शान्ति स्थापना गर्न सकियो भनेर शान्ति साहित्यक सभाको घोष्णा गरेको जानकारी दिए ।  

    कार्यक्रमको प्रमुख आतिथ्यता  भिम उप्रेतीले गरेका थिए । कविता बाचन कार्यक्रममा सन्तोष कुमार पोखरेल, स्नेह सायमी र रन्जना निरौला, कृष्ण बाउँस, भोज कुमार धमला, गंगा खतिवडा, दिप डाँगी, रिता खतिवडा, सुभाष सिह पराजुलीलगायतका १८ जना चर्चित अतिथि कविहरुले कविता वाचन गरेका थिए । 

    कबिता वाचन कार्यक्रममा अधिकांशले समसामयिक राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा देखिएको विसङ्गतिविरुद्ध सिर्जनामार्फत् भावना पस्किए । कवि रुपसिह भण्डारीले सञ्चालन गरेको कार्यक्रमका स्वागत मन्तव्य एच बि खत्रीले दिएको उक्त कार्यक्रममा समाजसेवी विनोद डांगीले धन्यवाद दिएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com