आज मिति २०८२ साल आषाढ ३० गते, सोमबार तदनुसार ईश्वी सन् २०२५ जुलाई १४ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, श्रावण कृष्णपक्ष, चतुर्थी तिथी, धनिष्ठा नक्षत्र, आनन्दादिमा-शुभ योग, चन्द्रराशि-कुम्भ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दाजुभाइ तथा अग्रजको सल्लाह अनुसार अघि बढ्दा आर्थिक सफलता मिल्नेछ। नयाँ व्यवसाय, अनलाइन व्यापार तथा सेयर बजारबाट आम्दानीका नयाँ स्रोत खुल्नेछन्। खनिज र भौतिक सम्पत्तिमा लगानीले लाभ दिनेछ। रोकिएका काम सम्पन्न भई आय आर्जन बढ्नेछ। व्यापार फस्टाउने, श्रमको मूल्य पाउने र दिगो फाइदाका अवसर सृजना हुनेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कर्मक्षेत्रमा मेहनतले आर्थिक सुधार आउनेछ। व्यापार र सेयर बजारबाट लाभ हुने सम्भावना छ। योजनाबद्ध ढंगले काम गर्दा आम्दानी बढ्नेछ। विशिष्ट व्यक्तिसँगको सम्पर्कले अवसर ल्याउनेछ। पुराना हिसाब सुल्झिँदै जानेछन्। केही ढिलाइ भए पनि भविष्यका लागि आर्थिक पूर्वाधार तयार पार्न सकिनेछ। सजग भई अघि बढ्दा सफलता प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सहकर्मीको सहयोग र भाग्यको साथले कार्यक्षेत्रमा सफलता मिल्नेछ। शेयर बजार र धार्मिक व्यापारमा लाभ हुनेछ। आकस्मिक धनलाभ र नयाँ अवसर प्राप्त हुनेछन्। प्रतिष्ठित कामबाट लोकप्रियता बढ्नेछ। सानो प्रयत्नले पनि उल्लेख्य उपलब्धि हात लाग्नेछ। परिवारसँग रमाइलो यात्राको सम्भावना छ। मिहिनेतले आर्थिक जग बलियो बनाउने समय आएको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्य समस्या र उपचार खर्च बढ्न सक्छ, खानपानमा ध्यान आवश्यक छ। व्यापारमा नाफा कम भए पनि सेयर बजारबाट केही लाभ मिल्नेछ। गोपनीयता र धनसम्भरणमा सतर्क रहनु उपयुक्त हुनेछ। बाध्यात्मक अवस्था र कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। रचनात्मक काममा सफलता मिल्ने सम्भावना भए पनि जोखिमयुक्त लगानीबाट बच्नुपर्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समयसापेक्ष सोच अपनाउदा व्यापार र सेयर बजारबाट प्रशस्त लाभ मिल्नेछ। साहसिक कामबाट प्रतिष्ठा बढ्नेछ भने दिगो फाइदाको काम सुरु हुनेछ। प्रियजनसँग आत्मीयता बढ्नेछ, रमाइलो यात्रा र भेटघाटको अवसर मिल्नेछ। खर्च बढे पनि आम्दानी यथावत रहनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। वातावरण उल्लासमय रहनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सानो प्रयत्नले आम्दानी र उपलब्धि बढ्ने समय हो। व्यापार, उद्योग र वित्तीय बजारमा लगानी लाभदायक हुनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। तर आलस्य र गोपनीयतामा चुक्दा समस्या आउन सक्छ। बुद्धिको प्रयोग र मिहिनेतले चुनौती पार गर्दै प्रतिष्ठा जोगाउन सकिनेछ। पारिवारिक सहयोग र समयको सदुपयोगले आर्थिक फाइदा दिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अनुकूल वातावरण र सहयोगी साथले व्यापार, उद्योग र सेयर बजारमा लगानीबाट आर्थिक लाभ मिल्नेछ। सन्तान र आफन्तको सहयोगले उत्साह बढ्नेछ। बौद्धिक क्षमता र प्रविधिको प्रयोगले आम्दानी र प्रतिष्ठा बढ्नेछ। अध्ययन तथा यात्राबाट नयाँ अवसर जुर्नेछ। कृषि र पशुपालनबाट पनि फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सजिलो हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आमा वा आफन्तको सहयोगले व्यापार, घरजग्गा र सवारी साधनमा लाभ हुने समय हो। सेयर बजार तथा वित्तीय क्षेत्रमा लगानी लाभदायक हुनेछ। पारिवारिक सम्बन्ध सुदृढ भई प्रेम र समाजसेवामा सफलता मिल्नेछ। तर आश्वासनमा भर नपरी सावधानी अपनाउनुपर्छ। तत्काल फाइदा कम भए पनि दीर्घकालीन लाभका लागि योजना कार्यान्वयन गर्न उपयुक्त समय हो।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभकार्यमा सहभागिता र छोटो यात्रा सफल बन्नेछन्। उद्योग, व्यापार र सेयर बजारमा लगानीबाट राम्रो नाफा मिल्नेछ। साथीभाइको सहयोगले रोकिएका काम अघि बढ्नेछन्। भौतिक साधन जुटेर दिगो योजना सुरु गर्न सकिनेछ। प्रतिस्पर्धा बढे पनि मेहनतले लाभ सुनिश्चित हुनेछ। कर्मठताले प्रतिष्ठा बढ्नेछ र लक्ष्यमा पुग्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफन्त, साथीभाइबाट सुखद समाचारले मन प्रसन्न हुनेछन्। व्यापार, सेयर बजार र होटल उद्योगमा लगानी फस्टाउनेछ। प्रेममा सुमधुरता र अध्ययनमा सफलता हासिल हुनेछ। सृजनात्मक कार्यले ख्याति बढाउनेछ। कमी कमजोरी सुधारेर नयाँ काम थालनी गर्न सकिनेछ। मेहनतले सम्मान र आर्थिक लाभ दिलाउने समय छ। भौतिक साधन तथा ज्ञानमा वृद्धि हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापार, औद्योगिक क्षेत्र र शेयर बजारमा लगानी बढ्दा नाफा कमाउने वातावरण बन्नेछ। माया प्रेम र सामाजिक समर्थनले मन प्रसन्न हुनेछ। प्रविधि प्रयोगले विचार जनमानसमा पुग्नेछ। कार्यक्षेत्रमा बुद्धिमत्ताको प्रशंसा र नयाँ प्रस्ताव आउनेछ। रमाइलो जमघटमा स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। कमजोरी सुधार्दै सफलता हासिल गर्ने समय आएको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काम गर्दा कानुनको पालना गर्नुपर्छ, नत्र जरिवाना लाग्न सक्छ। माया प्रेममा दुरी बढ्ने र यात्रामा खर्च बढ्ने सम्भावना छ। वैदेशिक यात्रा र विदेशमा अध्ययन वा कामले सन्तुष्टि दिनेछ। सेयर बजार र अनलाइन व्यापारबाट नाफा कमाउने योग छ। खर्च बढ्दा पनि दिगो काम गर्न सकिनेछ। नयाँ अवसरका लागि लगानी र समायोजन आवश्यक हुनेछ।