आषाढ २९ गते आईतबारदेखी साउन ३ गते शनिबारसम्मको
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समय राम्रो रहेकोले प्रियजन भेट हुनुको साथै आधित्यपुर्ण सम्मान पाइनेछ । पढ्ने लेख्ने काममा सफलता हात पार्न सकिनेछ । वादविवाद तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । नोकरीमा पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेको छ । सेयर बजारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । रमाइलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरी आउने समस्याहरू सहजै समाधान हुनेछ । प्रविधिको प्रयोगमार्फत आफ्ना भनाईहरू जनमानसमा लैजान सकिनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आफ्नै भन्नेहरूले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना नै धेरै हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला । न्यायिक निर्णय तपाईँको पक्षमा नआउन सक्छ । रपनि विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । ईमान्दारिता र मेहनेतले आत्मविश्वासमा बृद्धि हुनेछ । अध्ययनमा भने जस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यातित गर्न पाउँदा मन हर्सित हुनेछ । सेयरबजार तथा बित्तिय क्षेत्रमा लगानी गरि रुपैया पैसा कमाउन सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग गर्न सकिनेछ । प्रेम सम्वन्धमा विश्वासको वाताबरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक सम्पती तथा सुन्दर पहिरनले व्याक्तित्वमा निखारता ल्याउँन सकिनेछ । सेयरबजार तथा बित्तिय क्षेत्रमा लगानी गरि नाफा कमाउन सकिनेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले विदेशी भूमिमा हुनहुन्छ भने आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला । फुर्सदको समयमा ध्यान तथा साधना गर्नुहोला शरिर स्वस्थ्य हुनेछ । समयको सदुपयोग गर्दै अध्ययन गर्नाले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । आमा तथाआफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
प्रविधिको उच्चतम् प्रयोग मार्फत लाभ लिन सकिनेछ । आफन्त तथा शुभचिन्तकको साथ तथा समर्थन पाईने हुनाले मन प्रशन्न हुनेछ । लगनशिल तथा इमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ । बिभिन्न अवसर आउने तथा ति अवसरहरूको सदुपयोग गर्दै परिणाममुखी काम गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीभन्दा एक कदम अगाडि बढी नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । आर्थिक क्षेत्र वा सेयरबजारमा लगानी गरि आम्दानीका स्रोतहरू फराकिला बनाउन सकिनेछ । बुधबारबाट समय मध्ययम रहेकोले सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला । तरपनि पैतृक स्रोत साधनको प्रयोग मार्फत कृषि तथा पशुपालन व्यावसायमा लगानी गर्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
औषधी, खाद्यान्न तथा सेयरबजारमा लगानी गरि प्रशस्त नाफा कमाउन सकिनेछ । भौतिक तथा भोगविलासका सामानहरू प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरूमा विवाहरूपी निकास पाउने योग रहेको छ । अध्यनमा प्रगती हुनेछ भने विद्यार्थी वर्गका लागि आजको दिन फलदायी रहनेछ । बुधबारबाट समय मध्ययम रहेकोले पढाइ लेखाइमा मन नजादा भनेजस्तो नतिजा हात पर्न सकिने छैन । काम गर्दा वा सवारी चलाउँदा वा यात्रा गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
आईतबारसम्मको समय मध्यम रहेकोले वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । सोमबारबाट मनमा धार्मिक प्रवृत्ति जागृत हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत लेख, रचना तथा विचारहरु जनमानसमा लैजान सकिनेछ । आफन्तसँगको भेटघाटले दिन रमाईलोसँग बिताउन सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथिको सहयोगले राम्रा हुनेछन् । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ । बित्तिय बजारमा लगानी गर्नको लागी साताको समय राम्रो रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले विशेष अवसरमा आकर्षक उपाहार प्राप्त हुनेछ । ईमान्दारिता र मेहनेतले आत्म विश्वासमा बृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यातित गर्न पाउँदा मन हर्सित हुनेछ । सेयरबजार तथा व्यापारमा लगानी गरि नाफा कमाउन सकिनेछ । सोमबार र मंगलबारको समय मध्यम रहेकोले व्यक्तिगत स्वास्थ्य तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग गर्दा बिशेष सावधानी अपनाउनुहोला । आलस्य तथा थकानको अनुभूति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धि हासिल हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरुमा विवाहरूपी निकास पाउने योग रहेको छ । अध्यनमा प्रगती हुनेछ भने विद्यार्थि वर्गका लागी आजको दिन फलदायी रहनेछ । सेयरबजार तथा दैनिक उपभोग्य सामानको व्यापारबाट मनग्गे धनलाभ हुनेछ । अध्ययन वा कामको शिलशिलामा लामो दुरीको यात्राको योग रहेको छ । बुधबारबाट भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । बढी भिडभाड हुने ठाउँ तथा यात्रा गर्दा सावधानी अपनाउनु होला । सरसफाई तथा खानपानमा ध्यान दिनुहोला ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समय राम्रो रहेकोले लेख तथा रचनाको माध्यमबाट सस्कार परिवर्तन गर्न तपाईको भुमिका महत्त्वपूर्ण रहनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । स्वअध्ययनले बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा परिवारका साथ घरमै समय व्यतित हुनेछ भने परिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । वित्तीय बजार तथा सेयर बजारमा लगानी गरि नाफा कमाउन सकिनेछ । तर पनि काम वा अध्ययनको शिलशिलामा यात्राको तय गर्दै हुनुहुन्छ भने ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आइतबार साझसम्मको समय मध्यम रहेकोले सङ्कट व्यावस्थापनमा चालिएका कदमहरू निअर्थक हुनेछन् । गोप्य योजनाहरू बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीहरूले पनि सहयोग गर्ने छैनन् । अल्छि गर्ने बानीले काम बाँकी रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । सोमबारबाट रमाईलो तथा पारिवारिक माहोलमा दिन बित्नेछ भने पारिवारिक माहोलमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउनेछ भने प्रतिस्पर्धीलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होइनेछ । भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले प्रेमको बन्धन कसिलो हुने तथा जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिने हुँदा दैनिकी सहज रूपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाइ लेखाइमा प्रगती हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाईहरू जनमानसमा लैजान सकिनेछ । सेयरबजार तथा व्यापारमा गरेको लगानीबाट नाफा कमाउन सकिनेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने हुनाले सरसफाईमा बिशेष ध्यान दिनुहोला । वढि भिडभाड हुने ठाउँ तथा यात्रा गर्दा सावधानी अपनाउनु होला । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अध्ययन, लेखन, कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईँको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्वन्धमा विस्वासको वातावरण बढ्नेछ । भौतिक साधनहरु जुट्नेछन् भने प्रविधिको प्रयोगमार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ । शेयरबजार तथा वित्तीय बजारमा लगानी गरि प्रसस्त नाफा कमाउन सकिनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ । समय प्रतिकूल भएपनि आफ्नै मेहनेतले अनुकूल बनाउने प्रयास गर्नुहोला ।