भानु जयन्ती : चुँदीरम्घामा भानुभक्तीय रचनापाठ प्रतियोगिता सम्पन्न

भानु जयन्ती : चुँदीरम्घामा भानुभक्तीय रचनापाठ प्रतियोगिता सम्पन्न

आइतवार, असार २९ २०८२
आइतवार, असार २९ २०८२
  • images
    images
    भानु जयन्ती : चुँदीरम्घामा भानुभक्तीय रचनापाठ प्रतियोगिता सम्पन्न
    images
    images

     तनहुँ / आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको आयोजनामा २१२औँ भानुजयन्तीका अवसरमा भानु नगरपालिका–४ चुँदीरम्घामा विद्यालयस्तरीय कविता, चित्रलेखन, खुला कविता र भानुभक्तीय रचनापाठ प्रतियोगिता सम्पन्न भएका छन् ।
     
    विद्यालयस्तरीय कविता प्रतियोगितामा फिस्टेल आवासीय माध्यमिक विद्यालयका मौसमी गैरे प्रथम भएकी छन् । गोगन माध्यमिक विद्यालय पोखराका सुजाता पौडेल द्वितीय, भानु संस्कृत माविका सृष्टि सुनार तृतीय तथा भानु संस्कृत माविका विनिशा श्रेष्ठ र नारायणी आवासीय विद्यालयका शिवानी अधिकारी सान्त्वना भएको समितिका सदस्य सचिव कृपाहरि लौडारीले जानकारी दिए । 

    त्यस्तै, विद्यालयस्तरीय भानुभक्तको चित्रलेखन प्रतियोगितामा जनजागृति माविका स्नेहा गुरुङ प्रथम, भानु संस्कृत माविका अङ्कित बसेल द्वितीय, नारायणी आवासीय विद्यालयका रमेश राई तृतीय र अनिता तामाङ सान्त्वना पुरस्कार पाएका हुन् । 
        
    खुला कविता प्रतियोगितामा भानु नगरपालिका–४ का महेश ठेडीमगर प्रथम, भानु नगरपालिका–१ का रश्मी सेढाईं द्वितीय, भानु नगरपालिका–४ का रामप्रसाद पौडेल तृतीय र सोही वडाका अनिता श्रेष्ठ सान्त्वना पुरस्कार पाएका छन् ।

     भानुभक्तीय रचनापाठ प्रतियोगितामा गोगन मावि पोखराका सुजाता पौडेल प्रथम, व्यास नगरपालिका–३ का स्वाधीनता पौडेल द्वितीय, भानु संस्कृत माविका गरिमा नेपाली तृतीय र भानु संस्कृत माविकै प्रस्तुति आचार्यले सान्त्वना पुरस्कार पाए । 

     विद्यालयस्तरीय कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारको राशि क्रमशः रु १० हजार, रु सात हजार, रु पाँच हजार र रु दुई हजार छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com