गण्डकी प्रदेशका लेखा अधिकृत  पौडेलविरुद्ध ६ करोड बढीको भ्रष्टाचार मुद्दा

गण्डकी प्रदेशका लेखा अधिकृत  पौडेलविरुद्ध ६ करोड बढीको भ्रष्टाचार मुद्दा

बुधवार, असार २५ २०८२
बुधवार, असार २५ २०८२
  • images
    images
    गण्डकी प्रदेशका लेखा अधिकृत  पौडेलविरुद्ध ६ करोड बढीको भ्रष्टाचार मुद्दा
    images
    images

    काठमाडौँ / गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीमा कार्यरत लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

    अख्तियार अनुसन्धान आयोगले पौडेलविरुद्ध विशेष अदालत काठमाडौँमा ६ करोड २६ लाख रुपैयाँभन्दा बढीको गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानअनुसार पौडेलले २०५४ साल माघ ८ गतेदेखि २०८० साल कार्तिक १० गतेसम्मको सेवाकालमा वैधानिक आम्दानी स्रोतबाट पुष्टि हुन नसक्ने गरी रु. ६ करोड २६ लाख ९३ हजार १२९ रुपैयाँ ८२ पैसा बराबरको सम्पत्ति आर्जन गरेका थिए।

    अनुसन्धानले देखाएअनुसार सो अवधिमा पौडेल र उनका एकाघर परिवारले तलब, भ्रमण भत्ता, कृषि आम्दानी, जग्गा बिक्री, सेयर कारोबार र सापटी फिर्ता लगायतका शीर्षकमा जम्मा रु. ३ करोड ३९ लाख ८७ हजार ४९० रुपैयाँ ६५ पैसा आय देखाए पनि खर्चतर्फ रु. ९ करोड ६६ लाख ८० हजार ६२० रुपैयाँ ४७ पैसाको लगानी तथा खर्च देखिएको हो। 

    यसबाट रु. ६ करोड २६ लाख बढीको सम्पत्तिको स्रोत नदेखिएको  आयोगको ठहर छ।

    पौडेलले सार्वजनिक सेवाको पदमा रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी अमिल्दो तथा अस्वाभाविक जीवनस्तर यापन गरेको, गैरकानूनी सम्पत्ति आर्जन गरेको, सम्पत्ति विवरणमा झुटो विवरण पेश गरेको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ का विभिन्न दफाहरू अन्तर्गत मुद्दा दायर गरिएको हो।

    साथै, उक्त गैरकानूनी सम्पत्तिको केही हिस्सा पौडेलले आफ्नी पत्नी हुमा कुमारी उपाध्यायको नाममा समेत राखेको देखिएकाले जफत प्रयोजनका लागि उपाध्यायलाई समेत प्रतिवादी बनाइएको छ।

    विशेष अदालत, काठमाडौँमा आज आरोपपत्र दायर गर्दै अख्तियारले पौडेलविरुद्ध कैद सजाय, बिगो बराबर जरिवाना र गैरकानूनी सम्पत्ति जफत गर्न माग गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com