लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । बैंकले उक्त अवसरमा केन्द्रिय कार्यालय डिल्लीबजार तथा शाखा कार्यालय न्युरोड पोखरामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। साथै उक्त रक्तदानमा १५६ जना रक्तदाताले रक्तदान गरे ।
बैंकले बार्षिकोत्सवकै उपलक्ष्यमा २० वर्ष भन्दा बढी विभिन्न तह र जिम्मेवारीमा रहि सेवा प्रदान गरेका कर्मचारीलार्इ सम्मान समेत गरेको छ।
सञ्चालक समितिका सदस्यहरू र व्यवस्थापनको उपस्थितिमा बैंकका अध्यक्ष चिन्तामणी भट्टराई र कामु प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सयुक्त रूपमा कर्मचारीलाई दीर्घ सेवा पदक र मायाको चिनो प्रदान गरे ।
बैंकका कामु प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले उपस्थित सम्पुर्णमा शुभ कामनासहित स्वागत मन्तव्य राखेका थिए ।
सञ्चालक केशव खतिवाडाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै अध्यक्ष चिन्तामणी भट्टराईले सम्पुर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीहरूलाई शुभकामना प्रदान गरे ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ।
यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरूसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ।