करेक्सनछि फेरि बढ्यो सेयर बजार : नेप्से २७ सय बिन्दु माथि, बैंकिङ सेक्टरमा आकर्षण

करेक्सनछि फेरि बढ्यो सेयर बजार : नेप्से २७ सय बिन्दु माथि, बैंकिङ सेक्टरमा आकर्षण

बुधवार, असार २५ २०८२
बुधवार, असार २५ २०८२
  • images
    images
    करेक्सनछि फेरि बढ्यो सेयर बजार : नेप्से २७ सय बिन्दु माथि, बैंकिङ सेक्टरमा आकर्षण
    images
    images

    काठमाडौँ / साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसुचक २२.०४ अङ्कले बढेर २७०५.९० बिन्दुमा पुगेर रोकिएको छ । मङ्गलबार ०.१४ अङ्कले घटेर नेप्से २६८३.८६ बिन्दुमा रोकिएको थियो ।

    अघिल्लो कारोबार दिन ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ रुपैयाँ बराबरको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता सेयर कारोबार भएकोमा यस दिन कुल ३१६ स्टकको ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ रुपैयाँ बराबरको १ करोड ५८ लाख २२ हजार ९७० कित्ता सेयर खरिद विक्री भएको छ ।

    यस दिन सेन्सेटिभ इण्डेक्स ४.७६ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.७६ अङ्क बढेको छ । त्यसैगरी, सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.८१ अङ्क बढेको छ । 

    बुधबार वित्त समूह र म्युचुअल फण्डबाहेक सबै समूहको परिसूचक बृद्धि भएको छ । बढेकामध्ये सबैभन्दा बढी बैंकिङ समूह १.६८ प्रतिशत र लगानी समूह १.३७ प्रतिशतले बढेको छ । बाँकी सबै समूहको परिसूचक सामान्य बढेको छ ।

    यसदिन बरुण हाइड्रो पावरको सेयर मूल्य प्रतिकित्ता २६.४४ रुपैयाँले बढेर ४५२.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ । पञ्चकन्यामाइ हाइड्रको सेयर मूल्य प्रतिकित्ता १६.६७ रुपैयाँले बढेर ४०६.१९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

    त्यसैगरी, एनआइसी एशिया बैंकको सेयर मूल्य पनि १३.६३ रुपैयाँले बढेर ३६०.४६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन राधि जलविद्युत कमपनी, बुटवल पार कमपनी, एनआरएन इन्फ्रास्टक्चर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ ।

    यस दिन ग्रिन डेभल्पमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक घटेको छ । यस कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ६१.३६ रुपैयाँले घट्दै १३३१.५९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, एनएमबी हाइड्रो फन्ड लिमिटेडको सेयर मूल्य पनि ३.०१ प्रतिशतले घटेर ८.७१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com