बालबालिकाको दुरुपयोग गरेर आफ्नो अपराध ढाक्ने प्रयास निन्दनीय : महेश बस्नेत

बालबालिकाको दुरुपयोग गरेर आफ्नो अपराध ढाक्ने प्रयास निन्दनीय : महेश बस्नेत

शनिवार, असार २१ २०८२
शनिवार, असार २१ २०८२
  • images
    images
    बालबालिकाको दुरुपयोग गरेर आफ्नो अपराध ढाक्ने प्रयास निन्दनीय : महेश बस्नेत
    images
    images

    काठमाडौँ / नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले रास्वपा सभापति रवि लामिछानेको पक्षमा भइरहेको हस्ताक्षर अभियानले अपराध ढाक्ने काम भएको भन्दै विरोध गरेका छन् । 

    शनिबार उनले आफ्नो  सामाजिक सञ्जालमार्फत बालबालिकाको दुरुपयोग गरेर आफ्नो अपराध ढाक्ने प्रयास निन्दनीय रहेको बताएका छन् । 
    उनले सामाजिक सन्जालमा लेख्दै भनेका छन्, “बिस्कुट र कुरकुरे दिएर बालबालिकाबाट रवि लामिछानेको पक्षमा हस्ताक्षर गराउने र युट्युबर बोलाएर उनको पक्षमा बोल्न लगाउने काम अत्यन्तै आपत्तिजनक छ । यस्तो हर्कतले केवल बाल अधिकारको उल्लङ्घन गर्छ, समाजमा गलत सन्देश दिन्छ ।” 

    “अझ खेदजनक त के छ भने, बालबालिकाको अधिकार हनन गर्ने यिनै व्यक्ति आफैलाई ‘सुधारक’ भन्न लाज मान्दैनन् । सहकारी ठगीजस्ता गम्भीर आरोप खेपिरहेका व्यक्तिहरूले कानुन हातमा लिएर बालबालिकाको आडमा आफ्ना अपराध छोप्ने प्रयास गर्नु गम्भीर अपराध हो,” ् उनले थप भने । 

    कानुनको शासन र बालअधिकारको संरक्षण सधैँ पहिलो प्राथमिकतामा रहनुपर्ने भन्दै उनले  यसमा सम्झौता हुन नहुने उल्लेख गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com