पर्यटन क्षेत्रमा राज्यको लगानीले मात्र पुग्दैन : अर्थमन्त्री पौडेल

पर्यटन क्षेत्रमा राज्यको लगानीले मात्र पुग्दैन : अर्थमन्त्री पौडेल

शनिवार, असार २१ २०८२
शनिवार, असार २१ २०८२
  • पर्यटन क्षेत्रमा राज्यको लगानीले मात्र पुग्दैन : अर्थमन्त्री पौडेल

    काठमाडौँ / उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विश्वका अन्य देशमा नभएको प्राकृतिक सम्पत्ती नेपालमा मात्र भएको बताएका छन् ।विदेशी मुलुकले सबैथोक बनाएपनि नेपालको जस्तो प्राकृतिक झरना, नदी वा लुम्बिनी, पशुपति क्षेत्र बनाउन नसक्ने समेत दाबी गरे । 

    images
    images

    शनिबार ‘पर्यटनमा बजेट प्रथमिकता, कार्यान्वयन र उपलब्धी’ विषयक कार्यक्रममा बोल्दै उनले विश्वको सबैभन्दा उत्कृष्ट र राम्रो देश भनेको नेपाल हो भनेर चिनाउनुपर्ने बताउँदै उनले संसारको सबैभन्दा लामो केबलकार नेपालमा बनाउने हो भने आर्थिक विकासमा सहयोग पुग्ने समेत दाबी गरे । 

    पर्यटन क्षेत्रमा राज्यको लगानीले मात्र नपुग्ने भएकाले विदेशी सहयोग अनिवार्य आवश्यकता भएको उनको भनाइ थियो । 

    सरकारले गरिरहेका काम बारे जनताले मूल्याङ्कन गरिरहेकाले सजकताका साथ काम गर्नुपर्ने पनि औँल्याए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय