आज वि.सं.२०८२ साल भाद्र ४ गते, बुधबार तदनुसार ईश्वी सन् २०२५ अगस्ट २० तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, भाद्र कृष्णपक्ष, द्वादशी, दिउसो २ः१० बजेपछि त्रयोदशी, पुनर्वशु नक्षत्र, आनन्दादिमा–गद योग, चन्द्रराशि–मिथुन ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
उद्योग–व्यापारमा लाभ उठाउने अवसर मिल्नेछ। स्रोत–साधन जुट्ने हुँदा नयाँ काम सुरु गर्न सजिलो हुनेछ। लगानीमा छोटो समयमै प्रतिफल पाउने सम्भावना छ। दाजुभाइ र सहयोगीको साथले कार्य सफल हुनेछन्। प्रतिस्पर्धीलाई पछि पार्दै महत्त्वाकांक्षी योजना अघि बढाउन सकिनेछ। मिहिनेतले आर्थिक स्थिति मजबुत हुने र दैनिकीमा सकारात्मक परिवर्तन ल्याउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसाय तथा पेसामा प्रगति हुने संकेत छ। बोलेर गर्ने काम फस्टाउनेछ भने कला–साहित्य, गीत–संगीत वा मोडलिङबाट आम्दानी बढ्नेछ। संचित धन वृद्धि भई आर्थिक अवस्था सुधारिनेछ। परिवार र आफन्तसँग मिलेर गर्ने काम सफल हुनेछ। पदोन्नति वा नयाँ जिम्मेवारी पाउन सकिनेछ। तर आत्मविश्वासको कमी, हतार र बोलीमा चुक्दा अवसर गुम्ने सम्भावना रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापार, उद्योग र शेयर बजारमा लगानी बढाएर राम्रो नाफा कमाउन सकिनेछ। राजनीति तथा समाजसेवामा लाग्नेहरूले समर्थन पाउनेछन् भने प्रविधि र सामाजिक सञ्जालमार्फत विचार प्रस्तुत गर्न सकिनेछ। नोकरीमा भने प्रभावशाली रूपमा आफ्ना कुरा राख्न कठिनाइ आउन सक्छ। नयाँ काम सुरु गर्नुभन्दा पुरानो कामलाई निरन्तरता दिनु उपयुक्त हुनेछ। सहयोगीहरूको साथ र अघिल्लो सफलताले आत्मविश्वास बढाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रशासन र राज्यसँग सम्बन्धित काममा सचेत रहनुपर्छ। समयमा काम नबन्ने, अवसर गुम्ने र इज्जतमा धक्का पुग्ने सम्भावना छ। पढाइमा ध्यान नदिँदा पछि पर्न सकिन्छ भने प्रेम जीवनमा विवाद र धोका हुने संकेत छन्। खर्च बढ्ने, लगानी आवश्यक पर्ने र धेरै मिहिनेत गर्दा पनि कम प्रतिफल मात्र पाइने अवस्था आउन सक्छ, त्यसैले होशियार रहनु उचित हुन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ कामको प्रस्ताव र नोकरीमा पदोन्नतिले उत्साह बढ्नेछ। प्रतिस्पर्धामा सफलता पाइनेछ भने व्यापार र शेयर बजारबाट राम्रो नाफा कमाउन सकिनेछ। परिवारको सहयोगले आत्मबल बढ्नेछ। सामाजिक काम समयमा पूरा भई नाम–दाम कमाउन सकिनेछ। माया–प्रेममा सामिप्यता बढ्नेछ। आयआर्जनका स्रोत विस्तार हुने, भौतिक साधन जुट्ने र मिहिनेतले दिगो फाइदा दिने काम सुरु हुने संकेत छन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
राजनीति र समाजसेवामा जनताको साथ पाइनेछ भने व्यापार, कृषि, पशुपालन र शेयर बजारबाट राम्रो आम्दानी हुनेछ। अध्ययनमा सफलता मिल्नेछ र प्रेम सम्बन्ध मजबुत बन्नेछ। पैतृक सम्पत्ति र सरकारी साधनको उपयोग गर्न पाइनेछ। कार्यक्षेत्रमा रोकिएका काम अघि बढ्नेछन्। प्रतिष्ठित काम गर्ने अवसर, पद–प्रतिष्ठा, नाम–दाम कमाउने सम्भावना छ। मिहिनेतले दिगो फाइदाको आधार तयार गर्ने समय हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बौद्धिक क्षमता र भाग्यको साथले सानो लगानीबाट ठूलो नाफा कमाउन सकिनेछ। वित्तीय बजार, व्यापार तथा यात्राबाट लाभ प्राप्त हुनेछ। धार्मिक–संस्कृतिक काममा चासो बढ्नेछ भने प्रेम सम्बन्ध विवाहतर्फ अघि बढ्ने सम्भावना छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछ। तर हल्लाको पछि लाग्दा, अस्वस्थता वा ईर्ष्याले बाधा पुर्याउन सक्छ, त्यसैले गोपनीयता र सावधानी आवश्यक रहनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनावश्यक विवाद र मनमुटाब बढ्ने संकेत छन्, त्यसैले बोली र व्यवहारमा सतर्क रहनुपर्छ। स्वास्थ्य समस्या र खर्च बढ्दा आर्थिक सङ्कट निम्तिन सक्छ, आहार–विहारमा ध्यान दिनु आवश्यक छ। पढाइमा पछि पर्ने सम्भावना छ। प्रेममा गोप्य कुरा बाहिरिँदा विवाद बढ्न सक्छ। व्यापारमा हतारमा निर्णय नगरी आत्मविश्वासका साथ अघि बढे सफलता पाउन सकिनेछ। गोपनीयता जोगाउनु उपयुक्त हुन्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नोकरी र कार्यक्षेत्रमा मेहनतले विश्वास र नयाँ जिम्मेवारी दिलाउनेछ। व्यापार तथा वित्तीय बजारमा लगानीले मनग्गे आम्दानी ल्याउनेछ। प्रेम र मित्रतामा सामिप्यता बढ्नेछ। इमानदारिता, लगनशीलता र पहिलेको सफलताले आत्मबल र हौसला दिनेछ। घरपरिवारमा मेलमिलाप रहिरहनेछ। नयाँ कामको प्रस्ताव र धनलाभ आउनेछ। विगतका कमजोरी सुधार्न र दिगो कामको आधार बसाउन समय उपयुक्त छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
न्यायिक निर्णयहरू अनुकूल रहनेछन् भने शत्रु परास्त हुनेछन्। विद्या र प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। प्रेममा समय अनुकूल छ। व्यापार, शेयर बजार र उद्योगबाट दिगो लाभ हुने अवसर छ। पुराना कामहरू सम्पादन हुनेछन्। यात्रा लाभदायी भए पनि खर्च बढी हुन सक्छ। स्वास्थ्य र उत्साह बढ्नेछ। बोलि र विचारले सम्मान दिलाउनेछ। गोपनीयता कायम राख्दै चुनौती पन्छाएर लक्ष्य हासिल गर्न सकिने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शिक्षा र व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुने अवसर छ। बैंक तथा वित्तीय क्षेत्रमा काम पाउने वा बढुवा हुने सम्भावना छ। अध्ययनको सिलसिलामा यात्रा लाभदायी हुनेछ। प्रेम र पारिवारिक सम्बन्ध बलियो रहनेछ, भौतिक सम्पत्ति वा उपहार प्राप्त हुन सक्छ। नयाँ अवसरको पूर्ण लाभ लिन सकिनेछ भने मेहनतले समस्या समाधान हुनेछ। स्वास्थ्य र समय तालिकामा ध्यान दिनुपर्छ, अन्यथा काम रोकिन वा अन्यले फाइदा उठाउन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
माया–प्रेममा सामान्य खटपट र जीवनसाथीको असहयोगले काम प्रभावित हुन सक्छ। राजनीति र समाजसेवामा समय खर्च भए पनि उपलब्धि सीमित हुनेछ। व्यापारमा लगानी गर्दा प्रतिफल पाउन संघर्ष लाग्नेछ। पढाइ र कार्यक्षेत्रमा समय र समझदारी महत्त्वपूर्ण छ। हतारमा निर्णय, बेसुरमा वचन वा खराब संगतले समस्या निम्त्याउन सक्छ। घरपरिवार र साझेदारसँग सावधानी अपनाउनुपर्छ। सकारात्मक सोच र सतर्कताले सफलता दिलाउने समय छ।