काठमाडौँ / नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटि)ले नेपालमा १२० भन्दाबढी शाखा रहेको चेन स्टोर बिगमार्टमा एससिटि-युपिआई कार्ड प्रयोगकर्ताहरूका लागि स्मार्ट जुलाई अफर ल्याएको छ ।
जुलाई १, २०२५ देखि सुरु भएको यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससिटि-युपिआई कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत, अधिकतम रु.१०० हुने गरी छुट प्राप्त गर्नेछन् ।
यो छुट पाउन एससिटि-युपिआई कार्ड प्रयोग गरी पिओएस मेसिनमार्फत नै भुक्तानी गर्नुपर्नेछ । यो अफर जुलाई ३१, २०२५ सम्म बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ ।
एससिटिले यस अघि बिगमार्टमै एससिटि स्मार्ट वेन्सडे अफर दिँदै आएको थियो जसमा एससिटि-युपिआई कार्ड प्रयोगकर्ताहरूलाई हरेक बुधबार एससिटि-युपिआइ कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनु हुन्थ्यो ।
सो अफर अगस्टको पहिलो बुधबारदेखि पूर्ण सुचारु हुनेछ । यो छुट एससिटिको सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाका एससिटि–युपिआई कार्ड प्रयोगकर्ताहरूले पाउनु हुनेछ ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससिटि-युपिआई कार्ड जारी गर्दै आइरहेको छ ।
यस अफरमार्फत कार्डको अधिकतम् प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।
एससिटि-युपिआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससिटि-युपिआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।