काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहिवार अघिल्लो दिनको तुलनामा कारोबार रकम केही घट पनि नेप्से परिसूचक २७ सय बिन्दु माथि पुगेको छ ।
बुधबार ३४.४२ अङ्कले बढेर २६९४.८२ अङ्कमा पुगेर रोकिएको नेप्से आज ९.१४ अङ्कले बढेर २७०३.९६ बिन्दुमा पुगेर रोकिएको हो ।
यद्यपि, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ ।
बुधबार ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ रुपैयाँ बराबरको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता सेयर खरिद विक्री भएकोमा आज कुल ३११ स्टकको ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार ६८० रुपैयाँ बराबरको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर मात्र खरिद बिक्री भएको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स आज २.१९ अङ्कले बढेको छ । फ्लोट इण्डेक्स १.०२ अङ्कले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स पनि २.८५ अङ्कले बढेको छ ।
बिहीबार कारोबारमा आएकामध्ये चार समूहको परिसूचक घट्दा बाँकी सबै समूहको परिसूचक बढेको छ । यो दिन सर्वाधिक बढी वित्त समूहको परिसूचक ४.०९ प्रतशितले बढेको छ भने निर्जीवन बिमा २.२४ प्रतिशत, म्युचुअल फण्ड १.१४ प्रतिशत र विकास बैंक १.२० प्रतिशतले बढेको छ । अन्य सेक्टरको परिसूचक सामान्य बढ्दा लघुवित्त लगानी, हाइड्रोपावर र होटल तथा पर्यटन सेक्टर घटेका छन् ।
यस दिन नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६३.०२ रुपैयाँले बढेर ६९४.२० रुपैयाँमा अन्तिम करोबार भएको छ ।
खानीखोला हाइड्रो पावरको सेयर मूल्य ३१.०१ रुपैयाँले बढेर ४६३.७१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, सम्वृद्धि फानान्सको सेयर मूल्य ३४.३१ रुपैयाँले बढेर ५१८.७३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
भुगोल इनर्जी विकास कम्पनीको र सयपत्रि हाइड्रोको सेयर मूल्यमा पनि क्रमशः ४५.१३ रुपैयाँ र ४१.५१ रुपैयाँले बढेर प्रतिकित्ता ७१०.५९ र ६७३.५१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यस दिन साहस उर्जा लिमिटेड, सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्टक्चर विकास बैंक, बुटवल पावर कम्पनी र राधि जलविद्युत कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
यस दिन गुराँस लघुवित्त वित्तिय संस्था लिमिटेड र सप्तकोशी विकास बैंकको सेयर मूल्य १० प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्तको सेयर प्रतिकित्ता २४९.८८ रुपैयाँले घटेर २२६०.२९ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने सप्तकोशी विकास बैंकको सेयर पनि प्रतिकित्ता १२२.२५ रुपैयाँले घटेर ११००.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।