चेम्बर र मलेसिया नेपाल बिजनेस काउन्सिलबीच ब्यापार साझेदारीबारे छलफल

चेम्बर र मलेसिया नेपाल बिजनेस काउन्सिलबीच ब्यापार साझेदारीबारे छलफल

बिहिवार, असार १९ २०८२
बिहिवार, असार १९ २०८२
  • images
    images
    चेम्बर र मलेसिया नेपाल बिजनेस काउन्सिलबीच ब्यापार साझेदारीबारे छलफल
    images
    images

    काठमाडौँ / नेपाल भ्रमणमा आज आएको मलेसिया नेपाल बिजनेस काउन्सिलले ब्यापार सहजीकरण एवं लगानी अभिवृद्धिबारे नेपाल चेम्बर अफ कमर्स एनसीसीसँग छलफल गरेको छ ।

    काठमाडौँको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी टोली र मलेसिया नेपाल बिजनेश काउन्सिलको प्रतिनिधीमण्डलबीच दुई मुलुकबीचको आर्थिक सम्बन्ध, रोजगारी अभिवृद्धि, थप लगानी विस्तारलगायतका विषयमा सहकार्य गर्नेबारे छलफल भएको हो ।

    मलेसिया नेपाल बिजनेश काउन्सिलका अध्यक्ष प्रदिप कुमार कुकरेजा सहितको टोलीले नेपाल भ्रमणका क्रममा चेम्बर पदाधिकारीसमक्ष दुईपक्षीय लगानी तथा व्यापार साझेदारीबारे प्रस्ताव राखेका थिए । 

    चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र मलेशियाबीचको कुटनीतिक सम्वन्ध ६५ वर्ष भन्दा पुरानो रहेको स्मरण गर्दै व्यापार, लगानी अभिवृद्धि तथा रोजगारीको दृष्टिकोणले समेत उत्कृष्ट रहेको बताए ।

    नेपालबाट मलेसियामा ५ लाख भन्दा बढी युवाहरूले रोजगारी पाईरहेको र दुई मलुकबीच सवैभन्दा धेरै हवाई सम्पर्क विस्तार भईरहेको अध्यक्ष अग्रवालले बताए । 

    नेपाली युवा जनशक्तिले दुवै देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गरेको अध्यक्ष अग्रवालले बताए । यद्यपि, मलेसियासँग नेपालको व्यापार घाटा उच्च रहेकाले यसलाई घटाउनका लागि व्यापार सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए । 

    अध्यक्ष अग्रवालले नेपालको ऊर्जा, उत्पादनमूलक उद्योग, कृषि, पर्यटन, खानी, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्न मलेसियाका उद्यमी व्यवसायीलाई आग्रह गरे । नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको भन्दै अध्यक्ष अग्रवालले व्यापार घाटा न्यूनिकरणका लागि नेपाली बस्तुहरूको आयात वृद्धि गर्न आग्रह गरे । 

    चेम्बर पदाधिकारीहरूसँगको भेटमा मलेसिया नेपाल बिजनेश काउन्सिलका अध्यक्ष प्रदिप कुमार कुकरेजाले नेपालको पर्यटकीय क्षेत्रले आफूलाई आकर्षित गरेको बताए । उनले नेपालमा लगानीको सम्भावना देखेर नै आफूहरू आएको र व्यवसायिक वातावरण बनाउनका लागि चेम्बरसँग सहकार्य गर्न लागेको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com