टिएमवानका सयभन्दा बढी युनिटहरू सडकमा गुड्दै, बन्दै नेपालको फेवरेट कमर्सियल इभि

टिएमवानका सयभन्दा बढी युनिटहरू सडकमा गुड्दै, बन्दै नेपालको फेवरेट कमर्सियल इभि

बुधवार, असार १८ २०८२
बुधवार, असार १८ २०८२
  • images
    images
    टिएमवानका सयभन्दा बढी युनिटहरू सडकमा गुड्दै, बन्दै नेपालको फेवरेट कमर्सियल इभि
    images
    images

    काठमाडौँ / ‘कमाइको राजा’ भनेर परिचित टिएमवानले नेपालभरिका विभिन्न साना तथा मझौला व्यवसायहरूमा १०० भन्दा बढी युनिटहरू सफलतापूर्वक सञ्चालनमा ल्याएर एक महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। 

    नेपाली व्यवसायीहरूबीच टिएमवानको बढ्दो लोकप्रियता र विश्वास झल्काउने सो विशेष उपलब्धिलाई कम्पनीले एक कार्यक्रम गरी उल्लासपूर्ण वातावरणमा सेलिब्रेटसमेत गरेको छ । 

    उक्त अवसरमा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू वृद्धि कमर्सियलका सीइओ तुषार गुप्ता, सेल्स हेड नविन आचार्य, मार्केटिङ प्रमुख प्रकाश सुवेदीलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। 

    टिएमवान आजको दिनमा नेपालमा केही अर्थपूर्ण काम गर्ने र आफ्नै व्यवसायिक यात्रा सुरु गर्ने चाहना राख्नेहरूका लागि पहिलो रोजाइको सवारी बनेको छ। 

    चाहे ताजा तरकारी बजारमा पुर्‍याउन होस् वा पानी, दूध, ग्यास सिलिन्डर जस्ता दैनिक उपभोग्य सामान वितरण गर्न होस्, टिएमवानको भरपर्दो प्रदर्शन, उच्च दक्षता र नेपाली आवश्यकता अनुसारको डिजाइनमार्फत आफूलाई एक सक्षम व्यवसायिक सवारीको रूपमा प्रमाणित गरेको छ ।

    व्यवसायीलाई आफ्ना आवश्यकताअनुसार छनोट गर्न सहज बनाउने गरी टिएमवान दुई फरक साइजका लोडिङ डेक (८ फिट र १० फिट)मा उपलब्ध छ ।

    विश्वकै नम्बर १ CATL ब्याट्रीबाट सञ्चालित यस इलेक्ट्रिक सवारीले २८० किमि NEDC रेन्ज प्रदान गर्छ, जसले गर्दा यो शहरी डेलिभरीका लागि विशेष उपयुक्त मानिन्छ। 

    एमएडब्लू वृद्धिको भरपर्दो सर्भिसका कारण टिएमवानले कम मर्मत खर्चमै अत्यधिक फाइदा दिने सवारीको रूपमा निरन्तर आफूलाई प्रमाणित गरिरहेको छ।

    नेपालभरि साना तथा मध्यम व्यवसायहरूलाई सशक्त बनाउँदै अघि बढिरहेको टिएमवानका लागि यो उपलब्धि भविष्यमा आउने थुप्रै सफलताका कथाहरूको केवल सुरुवात हो।

    एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालि नेपालका व्यावसायिक सवारी साधनहरूको क्षेत्रमा एक प्रमुख संस्था हो, जसले भरपर्दो, शक्तिशाली र इनोभेटिभ मोबिलिटी सोलुसन्स प्रदान गर्दै आएको छ। 

    नेपालका लागि फोटोन ब्रान्डका व्यावसायिक सवारीहरूको आधिकारिक वितरकको रूपमा कम्पनीले नेपाली सडक र व्यवसायहरूको विविध आवश्यकतालाई पूरा गर्न विश्वस्तरीय प्रविधि र इन्जिनियरिङ्ग प्रस्तुत गर्दै आएको छ। 

    ग्राहक सन्तुष्टि, आफ्टर सेल्स सर्भिस र दीर्घकालीन मूल्यमा केन्द्रित रही एमएडब्लू वृद्धि नेपालको व्यावसायिक यातायात क्षेत्रमा प्रगति र प्रदर्शनमा उल्लेखनीय योगदान पुर्‍याउन प्रतिबद्ध छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com