आज मिति वि.सं. २०८२ साल आषाढ १९ गते, बिहीबार तदनुसार इस्वी सन् २०२५ जुलाई ३ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, आषाढ शुक्लपक्ष, अष्टमी तिथी, दिउँसो २ः५६ बजेपछि नवमी, आनन्दादिमा–राक्षस योग, चन्द्रराशि–कन्या ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विवाद, मुद्दा र पारिवारिक मनमुटावबाट टाढा रहनु हितकर हुनेछ। आकस्मिक खर्च र स्वास्थ्यसम्बन्धी समस्याले आर्थिक बोझ बढाउन सक्छ। तर व्यापार वा शेयर बजारबाट सानो नाफा कमाउन सकिनेछ। बुद्धिको प्रयोग र सकारात्मक सोचले चुनौतीहरू पार गर्न सकिन्छ। सहयोगी र प्रतिस्पर्धीबीच सन्तुलन राख्नुपर्छ भने यात्रामा धनमाल सुरक्षामा विशेष ध्यान दिनु उपयुक्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अनुसन्धान र शिक्षा क्षेत्रमा प्रगति देखिनुका साथै शेयर बजार, बैंकिङ र व्यवसायमा लगानीको सम्भावना बढ्नेछ। खर्च बढे पनि भौतिक सम्पत्ति प्राप्त हुने योग रहेको छ। आत्मविश्वास र बौद्धिक क्षमताले सफलता र सम्मान दिलाउनेछ। नोकरीमा स्थानान्तरण वा बढुवाको सम्भावना छ। स्वास्थ्यमा सामान्य कमजोरी देखिए पनि धैर्य र लगनले लक्ष्य प्राप्त गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भौतिक सम्पत्ति र सवारीसाधन प्राप्तिको योग भए पनि खर्चमा वृद्धि देखिन्छ। अध्ययन र नोकरीमा सकारात्मक प्रगति हुने सम्भावना छ। व्यापारमा परिश्रमको फल मिल्नेछ भने सहयोगीहरूको साथ पाइनेछ। तर, हिस्सेदारसँग असमझदारी र घरायसी आवश्यकताले आर्थिक दबाव बढ्न सक्छ। जग्गा कारोबारमा मन्दी आउन सक्छ, र वचनबद्धतामा सावधानी आवश्यक हुनेछ। योजनाहरू गोप्य राख्दा लाभ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्य समस्या र समय अभावले व्यवसायमा नाफा कमाउन चुनौती हुन सक्छ। तर दीर्घकालीन आम्दानी दिने स्रोतहरू फेला पर्ने सम्भावना छ, जसले शेयर बजार वा व्यवसायमा लगानीको अवसर दिन्छ। सुरु गरेका कामको मूल्याङ्कन उच्च हुनेछ। आकस्मिक धनलाभको योग रहे पनि साना कुरामा वचन नदिनु उपयुक्त हुन्छ। दीर्घकालीन योजना बनाएर धैर्यपूर्वक अघि बढ्दा आर्थिक लाभ सुनिश्चित हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दाम्पत्य जीवनमा प्रेम र समझदारी कायम रहनेछ, जसले मानसिक सन्तुलन बढाउनेछ। सहयोगीहरू साथ दिनेछन् भने बोलीको प्रभावले काम सजिलै बन्नेछ। आर्थिक समस्या देखिए पनि व्यापार र दिगो आम्दानीका क्षेत्रमा फाइदा हुने संकेत छ। धर्म, कला र बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक र राजनीतिक प्रभाव बढ्दै आर्थिक स्थायित्वतर्फ उन्मुख हुने अनुकूल समय रहन्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार र शेयर बजारबाट राम्रै नाफा कमाउन सकिनेछ। आयआर्जनका नयाँ स्रोतहरू खुलेर आर्थिक स्थायित्व बलियो बन्नेछ। पुराना कामबाट फाइदा लिने समय भएकाले लगानीको अवसर बढ्नेछ। समयको सही उपयोगले समाजमा प्रतिष्ठा पनि बढ्नेछ। साझेदारी र सहकार्यले आर्थिक गतिशीलता ल्याउनेछ। रचनात्मक सोच र योजनाले दीर्घकालीन लाभ दिलाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विदेश यात्रा, एनजिओ वा आईएनजिओमा अवसर प्राप्त हुने संकेतले आर्थिक प्रगति सम्भव देखिन्छ। खर्च बढे पनि पेशा, अध्ययन वा व्यवसायमा दीर्घकालीन लाभ हुनेछ। पारिवारिक जिम्मेवारी र कर्जाको सम्भावना रहे पनि धन संकलनका उपायहरू खुल्नेछन्। व्यवसायमा लगानीको राम्रो मौका मिल्नेछ, दोहोरिएको प्रयासले रोकिएको काम सफल बन्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खनिज र तरल पदार्थको व्यापार फस्टाउनेछ भने बैंक, वित्तीय संस्था र शेयर बजारमा गरिएको लगानी लाभदायक हुनेछ। नयाँ कामबाट आम्दानी बढ्नेछ र रोकिएको रकम उठ्ने सम्भावना छ। दीर्घकालीन योजना सुरु गर्न उपयुक्त समय हो। तर, अवसरवादीहरूको चापबाट सावधान रहनु आवश्यक छ। आय बढे पनि खर्च र लगानी अपेक्षाभन्दा बढी हुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सरकारी काममा झन्झट र अवरोध आउनेछ भने सरकारी सेवामा हुनेहरूले कठिनाइ दिन सक्छन्। व्यापार र शेयर बजारबाट आम्दानी कम हुनेछ। अध्ययनमा मन नलाग्दा पछि पर्ने सम्भावना छ। पारिवारिक सम्बन्धमा चिसोपन बढ्नेछ। प्रतिष्ठित व्यक्तिसँग सहकार्यको अवसर छ तर विगतका कमजोरीले समस्या ल्याउन सक्छ। स्वार्थीहरूसँग सजग रहनु आवश्यक छ। संघर्षपछि लाभ मिल्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रविधिको उपयोगले सामाजिक सन्देश फैलिनेछ। धार्मिक यात्रा र सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। व्यापारमा खाद्यान्न, निर्माण सामग्री र अटो पार्ट्सको वृद्धि हुनेछ। विदेश अध्ययन वा कामका लागि अनुकूल समय छ। विद्यार्थीहरूमा अध्ययन रुचि बढ्नेछ। स्वास्थ्य सबल हुने र मिहिनेतले लक्ष्य हासिल गरिनेछ। सामाजिक विवाद समाधान र भविष्यका योजना बनाउन सकिने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नसोचेको धन र सम्पत्ति प्राप्त हुने योग छ। आफन्तको सहयोगले राम्रो प्रगति हुनेछ। व्यापार र शेयर बजारमा वृद्धि हुने सम्भावना छ। लामो दूरीको यात्रा तय हुनेछ र लेखन क्षेत्रमा सफलता मिल्नेछ। सरकारी नोकरीमा सफलता प्राप्त हुने संकेत छ। स्वास्थ्यमा सजगता आवश्यक छ। लगानी अघि सावधानी अपनाउनुपर्नेछ। धैर्य र शुभचिन्तकको सुझावले काम सजिलो हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापार, शेयर बजार र औद्योगिक लगानीबाट आम्दानी हुनेछ र लामो दूरीको यात्रा हुनेछ। आर्थिक स्थितिले भौतिक सम्पत्ति र विलासी वस्तुहरू जुटाउन सकिनेछ। दाम्पत्य जीवन सुमधुर बन्नेछ र साझेदारी व्यापार लाभदायक हुनेछ। महत्वकांक्षी योजना सुरु गर्न अनुकूल समय छ। प्रियजनसँग भेटघाट र मनोरञ्जनका अवसर मिल्नेछन्। तर, नाम दुरुपयोग र पारिवारिक असमझदारीमा सावधानी आवश्यक छ ।