सोमबारको राशिफल : आजको दिन तपाईँको लागि कति शुभ कति अशुभ ?

सोमबारको राशिफल : आजको दिन तपाईँको लागि कति शुभ कति अशुभ ?

सोमवार, भदौ २ २०८२
सोमवार, भदौ २ २०८२
  • सोमबारको राशिफल : आजको दिन तपाईँको लागि कति शुभ कति अशुभ ?

    आज वि.सं. २०८२ साल भाद्र २ गते, सोमबार तदनुसार ईश्वी सन् २०२५ अगस्ट १८ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, भाद्र कृष्णपक्ष, दशमी तिथी, बेलुकी ५ः५८ बजेपछि एकादशी, मृगशिरा नक्षत्र, वणिज करण, बिहान ७ः५ बजेपछि भद्रा, आनन्दादिमा–आनन्द योग, चन्द्रराशि–वृष, मध्यान्ह ४ः१८ बजेपछि मिथुन ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    व्यापार र सेयर बजारमा फड्को मार्ने अवसर मिल्नेछ। घरपरिवारको सहयोग र सद्भावले आयआर्जन बढ्ने सम्भावना छ। सञ्चित धनमा वृद्धि हुने तथा साहसिक कार्यबाट लाभ आर्जन हुनेछ। नयाँ काम सुरु भई ठूला व्यक्तिको साथ मिल्नेछ। तर कमजोरीको फाइदा उठाउनेहरूबाट सजग रहनु आवश्यक छ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    व्यापार वा शेयर बजारमा लगानीबाट भविष्यमा लाभ मिल्नेछ। नौलो काम र आम्दानीका नयाँ स्रोत खोज्ने अवसर पाइनेछ। कृषिमा पशुपालनबाट लाभ बढ्ने सम्भावना छ। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ र राम्रा कामबाट परिवार तथा समाजको प्रशंसा पाइनेछ। तर असावधानी र कमजोरीको फाइदा अरूले लिन नदिन सजग रहनु आवश्यक छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    दैनिक खर्च बढ्ने र आर्थिक व्यवस्थापनमा कठिनाइ आउन सक्छ। ऋण वा सरसापटको आवश्यकता पर्न सक्छ। तर विदेशी व्यापार र लगानीका अवसरले आयआर्जन बढ्नेछ। व्यापार विस्तार भई नाफा हुने सम्भावना छ। खर्च र स्वास्थ्य उपचारतर्फ सतर्क रहनु आवश्यक छ। लगनशीलताले अन्ततः आर्थिक सुधार र लाभदायक परिणाम दिनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    व्यापार र पशुपालनबाट राम्रो लाभ हुनेछ। पुर्ख्यौली सम्पत्तिको सदुपयोगले धनसम्पत्ति बढ्नेछ। वित्तीय बजारमा लगानीको अनुकूल समय रहेको छ भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मिहिनेतको मूल्य पाइनेछ र दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ। तर साँझतिर खर्च बढ्दा आर्थिक अभाव देखिन सक्ने भएकाले सतर्क रहनुपर्छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने समय छ। लगनशीलताले दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ। भूमि, वाहन र पुर्ख्यौली सम्पत्तिबाट लाभ पाइनेछ भने आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। बढुवा वा नयाँ कामका अवसर खुल्नेछन्। पारिवारिक सहयोगले आर्थिक अवस्था मजबुत बन्नेछ। तर साँझतिर उपलब्धि अरुले हत्याउन सक्ने भएकाले सतर्क रहनुपर्छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    पूजा तथा चाडपर्व लक्षित व्यापारमा वृद्धि भई मनग्य फाइदा हुनेछ। राज्यसम्बन्धी काम वा नोकरीमा बढुवा, स्थानान्तरण वा नयाँ अवसरले आर्थिक लाभ दिलाउनेछ। सेयर बजार तथा वित्तीय क्षेत्रमा लगानीले राम्रो आम्दानी दिनेछ। नयाँ स्रोत फेला परेर दिगो फाइदा हुने काममा जग बस्नेछ। साँझतिर उठ्नुपर्ने रकम हातलागी भई आम्दानी बढ्नेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनुपर्ने अवस्था आउन सक्छ। व्यापारमा ध्यान दिन नसक्दा घाटा लाग्ने र आम्दानीका स्रोत साँघुरिने सम्भावना छ। स्वास्थ्य कमजोर हुँदा खर्च बढ्न सक्छ। तर आलस्य त्यागेर मिहिनेत गरे लाभ पाइनेछ। साँझतिर नयाँ अवसर तथा प्रतिक्षित उपलब्धि हातलागी भई आर्थिक उत्साह बढ्नेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    एकल वा साझेदारी व्यवसायबाट सामान्य आम्दानी हुनेछ। बैंक, वित्तीय क्षेत्र र शेयर बजारमा लगानीले आयआर्जन बढाउनेछ। तर कामविशेषका कारण खर्च बढ्न सक्नेछ र सञ्चित रकम प्रयोग गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यवसाय स्थिर रहन सक्छ तर वादविवाद वा स्वास्थ्य समस्याले असर पार्न सक्छ। विवेकपूर्ण खर्च र लगानीले आर्थिक अवस्था सन्तुलनमा रहन्छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    नोकरीमा बढुवा हुने र रोकिएका काम बन्ने भएकाले आम्दानी बढ्नेछ। वित्तीय तथा सहकारी संस्थाबाट लाभ पाइनेछ। प्रतिस्पर्धामा अग्रस्थान लिन सकिनेछ भने नयाँ कामबाट मनग्य फाइदा हुनेछ। भविष्यका लागि विशेष काममा लगानी गर्ने अवसर खुल्नेछ। तर नयाँ ठाउँमा लगानी गर्दा सोचविचार आवश्यक छ। खर्च बढे पनि उपलब्धिमूलक नतिजा हात लाग्नेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    व्यापार व्यवसाय फस्टाएर जानेछ र वित्तीय बजारमा लगानीले आयआर्जन बढाउनेछ। उपहार तथा भोगविलासका वस्तु पाइने अवसर छ। आम्दानीका स्रोत बढ्नेछन् भने प्रतिस्पर्धामा विजयी भइ मनग्य लाभ मिल्नेछ। तर स्वास्थ्य कमजोर र कामको मेसो नमिल्दा व्यवहारमा चुनौती आउन सक्छ। लगनशीलताले दिगो आर्थिक फाइदा दिलाउनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    कृषि क्षेत्रमा लगानी फस्टाएर जानेछ र वैदेशिक यात्रा लाभदायक रहनेछ। व्यवसाय वा साझेदारीमा आम्दानीका स्रोत बढ्ने सम्भावना छ। तर आलस्य, ईर्ष्या वा असमझदारीले आर्थिक काममा अवरोध आउन सक्छ। हात लिएको जिम्मेवारी पूरा गर्न मिहिनेत गर्नु आवश्यक छ। साँझदेखि स्थितिमा सुधार आएपछि काम बन्ने र सम्मानित नतिजा प्राप्त हुने सम्भावना छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    उद्योग र सेयर बजारमा लगानीले मनग्य आम्दानी दिलाउनेछ। व्यापार सम्बन्धी यात्रा लाभदायक रहनेछ र नयाँ काम सुरु गर्न अवसर खुल्नेछ। मिहिनेत गर्दा पेसा–व्यवसायमा सफलता र धनलाभ प्राप्त हुनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। साँझतिर घरेलु समस्याले असर पुर्याउन सक्छ, तर साथीभाइको सहयोगले आर्थिक योजना सन्तुलित रहनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय