हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

बुधवार, असार १८ २०८२
बुधवार, असार १८ २०८२
  • images
    images
    हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न
    images
    images

    काठमाडौँ / नेपाली सैनिक वार कलेजमा सञ्चालित सि.सं. १३ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम एक विशेष समारोहबीच सम्पन्न भएको छ। तालिमको समापन प्रधान सेनापति महारथी अशोक राज सिग्देलले गरेका हुन् ।

    फागुन २२ गतेदेखि सञ्चालनमा आएको सो तालिममा महासेनानी दर्जाका ३५ जना अधिकृत (महिला २ र पुरुष ३३)ले सहभागिता जनाएका थिए। 

    तालिम प्रमुख शिक्षक उपरथी सन्तोष बल्लभ पौडेलले समापन समारोहमा स्वागत मन्तव्य राख्दै तालिमको उद्देश्य र प्रभावबारे जानकारी गराएका थिए।

    तालिममा महासेनानी सुरज बैदवार समग्रमा प्रथम घोषित हुनु भएको छ भने सर्वोत्कृष्ट सोधपत्र पुरस्कार महासेनानी उत्तम सापकोटाले प्राप्त गरेका छन् । 

    समापन कार्यक्रममा बलाधिकृत रथी निर्मल कुमार थापा, अन्य रथीबृन्द, अधिकृतहरू तथा सहभागी शिक्षार्थीका परिवारजनहरूको उपस्थिति रहेको थियो।

    नेपाली सेनामा अधिकृतहरूको पेशागत दक्षता अभिवृद्धिका लागि हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सबैभन्दा उच्च तहको तालिम मानिन्छ। यो तालिम सन् २०७१ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com