निर्जीवन बीमा कम्पनीहरूले जेठ महिनासम्म गरे ३९ अर्बभन्दा बढीको आम्दानी

निर्जीवन बीमा कम्पनीहरूले जेठ महिनासम्म गरे ३९ अर्बभन्दा बढीको आम्दानी

तथ्याङ्कअनुसार कुल १४ ओटा निर्जीवन बिमा कम्पनीहरूमध्ये शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सबैभन्दा धेरै ५ अर्ब ९ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

आइतवार, असार १५ २०८२
आइतवार, असार १५ २०८२
  • images
    images
    निर्जीवन बीमा कम्पनीहरूले जेठ महिनासम्म गरे ३९ अर्बभन्दा बढीको आम्दानी
    images
    images

    काठमाडौँ / निर्जीवन बिमा व्यवसायीहरूले चालु आर्थिक वर्ष (आव० २०८१/८२ को जेठ महिनासम्म ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ बराबरको आम्दानी गरेका छन् । गत आवको सोही अवधिमा निर्जीवन बिमा कम्पनीहरुले ३६ अर्ब ५६ करोड रुपैयाँ आम्दानी गरेका थिए । 

    नेपाल बिमा प्राधिकरणले निकालेको तथ्याङ्कअनुसार कुल १४ ओटा निर्जीवन बिमा कम्पनीहरूमध्ये शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सबैभन्दा धेरै ५ अर्ब ९ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

    आम्दानी धेरै गर्ने कम्पनीमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेड दोस्रो स्थानमा रहेको छ । यस कम्पनीले जेठ महिनासम्म ४ अर्ब ५० करोड ३७ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ ।

    सबैभन्दा कम आम्दानी गर्नेमा नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । यस कम्पनीले ९७ करोड रुपैयाँ मात्रै आम्दानी गरेको छ । यसवर्ष लघु बिमा कम्पनीहरूको व्यवसायमा पनि उल्लेख्य सुधार आएको छ तथ्याङ्कले देखाएको छ । 

    लघु बिमा कम्पनीहरूले मात्रै ८४ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेका छन् । गएको वर्षको यही अवधिको आम्दानी २३ करोड ९१ लाख रुपैयाँ थियो । 

    nepal bimaa.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com