नेसनल प्याब्सन काठमाडौँको पाँचौँ जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, साम्तेन मेमोरियल स्कुल प्रथम

नेसनल प्याब्सन काठमाडौँको पाँचौँ जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, साम्तेन मेमोरियल स्कुल प्रथम

शनिवार, असार ७ २०८२
शनिवार, असार ७ २०८२
  • images
    images
    नेसनल प्याब्सन काठमाडौँको पाँचौँ जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, साम्तेन मेमोरियल स्कुल प्रथम
    images
    images

    काठमाडौँ/  नेसनल प्याब्सन काठमाडौँ जिल्ला समितिको आयोजना तथा काठमाडौँ महानगर समितिको संयोजनमा आयोजित पाँचौँ जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगिता शुक्रबार युनिभर्सल सेकेन्डरी स्कुल, काठमाडौँमा सम्पन्न भएको छ।

    प्रतियोगितामा काठमाडौं जिल्लाभित्रका २४ वटा विद्यालयका टिमहरूको सहभागिता रहेको थियो। 

    ‘एक विद्यालय, एक टिम’को सिद्धान्तअनुसार प्रतिस्पर्धामा उत्रिएका टिमहरू मध्ये साम्तेन मेमोरियल स्कुल, बुढानिलकण्ठले प्रथम स्थान हासिल गर्न सफल भएका थिए। 

    त्यस्तै, दिब्य ज्ञान स्कुल, काठमाडौँ महानगरले दोस्रो र वेद ब्यास स्कुलले तेस्रो स्थान प्राप्त गरे।  युनिभर्सल सेकेन्डरी स्कुलले सान्त्वना पुरस्कार जितेको थियो ।

    विजयी टिमहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। समापन कार्यक्रममा नेसनल प्याब्सन केन्द्रीय समिति सदस्य विजय खरेल, काठमाडौँ जिल्ला समिति अध्यक्ष होमबहादुर अधिकारी ९मनोज०, कोषाध्यक्ष विजय न्यौपाने, सह९कोषाध्यक्ष हेमन्त श्रेष्ठ, सदस्य रामप्रसाद काफ्ले, काठमाडौँ महानगर समिति संयोजक नीलममणि भट्टराई, सचिव राजन लम्साल, कार्यक्रम संयोजक अभिनाश यादव, बुढानिलकण्ठ नगर समिति उपाध्यक्ष सुस्मिता मैनाली, सचिव गोविन्द धामी, सह९सचिव नारायण चौलागाईं, स्याट सचिव प्रशान्त दाहाल लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रमको सञ्चालन क्विज मास्टर रञ्जित गुप्ताले गरेका थिए भने सभापतित्व नेसनल प्याब्सन काठमाडौँ महानगर समिति संयोजक नीलममणि भट्टराईले गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com