वीरगञ्ज नाकाबाट  ११ महिनामा दुई हजार ३ सय ८५ विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज नाकाबाट  ११ महिनामा दुई हजार ३ सय ८५ विद्युतीय सवारीसाधन आयात

शनिवार, असार ७ २०८२
शनिवार, असार ७ २०८२
  • images
    images
    वीरगञ्ज नाकाबाट  ११ महिनामा दुई हजार ३ सय ८५ विद्युतीय सवारीसाधन आयात
    images
    images

    पर्सा / वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा एक अर्ब ८४ करोड २३ लाख मूल्य पर्ने साना–ठूला दुई हजार ३ सय ८५ विद्युतीय सवारीसाधन आयात भएका छन् । 

    वीरगञ्ज भन्सार कार्यालयले चालु आवमा विद्युतीय सवारीसाधनको आयातबाट एक अर्ब ८४ करोड २७ लाख राजस्व सङ्कलन गरेको जनाएको छ । 

    वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा विद्युतीय सवारीसाधनको आयात बढेको बताए । “यो नाका हुँदै विद्युतीयभन्दा पनि इन्धनबाट चल्ने धेरै सवारीसाधन आयात हुने गर्छ,” उनले भने “विद्युतीय सवारीसाधनको आयात पनि औसतमा सन्तोषजनक नै छ ।”

    चालु आवको ११ महिनामा ५० किलोवाट क्षमताका २७ करोड ११ लाख मूल्यका १९३ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । त्यस्तै गरी सोही अवधिमा ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका १३ करोड ४२ लाख मूल्य पर्ने ५० वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको छ । 

    त्यस्तै १०० एक किलोवाटदेखि २०० किलोवाट क्षमताका २४ करोड ७५ लाख मूल्यका ३६ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । साथै ४० करोड ७८ लाख मूल्य पर्ने एक हजार ७०० एक वटा विद्युतीय मोटरसाइकल आयात भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com