प्रधानमन्त्री ओलीले मिस्रीबाट पाए भारत भ्रमणको निम्तो

प्रधानमन्त्री ओलीले मिस्रीबाट पाए भारत भ्रमणको निम्तो

आइतवार, भदौ १ २०८२
आइतवार, भदौ १ २०८२
  • प्रधानमन्त्री ओलीले मिस्रीबाट पाए भारत भ्रमणको निम्तो

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेश सचिव विक्रम मिस्रीले औपचारिक भ्रमणको निमन्त्रणा दिएका छन् । 

    images
    images

    नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका सचिव मिस्रीले आज सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग गर्नुभएको शिष्टाचार भेटका क्रममा निमन्त्रणा दिनुभएको भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले बताए । 

    भेटका अवसरमा दुई पक्षीय उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । 

    भ्रमणको मितिबारे दुवै पक्षले आधिकारिक रूपमा अहिलेसम्म घोषणा गरेका छैनन् । दुवै मुलुकका कूटनीतिक संयन्त्रको आपसी समझादारीबाट उक्त भ्रमणको कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय