काठमाडौँ / सामसङ नेपालले नेपाली बजारका लागि आफ्नो नयाँ २०२५ QLED टिभी लाइनअप सार्वजनिक गरेको छ। उक्त श्रृङ्खलामा सामसङले पहिलोपटक भिजन एआई प्रविधि प्रस्तुत गरेको छ, जसले टिभी स्क्रिन अनुभवलाई व्यक्तिगत, जीवन्त र वातावरणअनुसार परिवर्तन हुने बनाउँछ। नवप्रवर्तनप्रति आफ्नो प्रतिबद्धतामा अडिग सामसङको यो नयाँ श्रृङ्खलाले टिभीसँग प्रयोगकर्ताको सम्बन्धलाई नयाँ परिभाषा दिँदै, तिनलाई दैनिकीलाई अझ समृद्ध बनाउने स्मार्ट साथीमा रूपान्तरण गर्ने दावी गरिएको छ ।
सामसङ भिजन एआईका प्रमुख फिचर
एआई मोड : कन्टेन्ट र वरिपरिको वातावरणअनुसार वास्तविक समयमा तस्वीर र ध्वनि मिलाइन्छ।
एआई एक्सपेरियन्स : प्रयोगकर्ताको बानी–रूचि सिकेर व्यक्तिगत कन्टेन्ट सुझाव र सेटिङ्ग उपलब्ध गराउँछ।
मल्टि डिभाइस कनेक्टिभिटी : स्मार्टफोन, ट्याब्लेट र अन्य उपकरणसँग सहज जडान र कन्टेन्ट साझेदारी।
सामसङ नेपालका CE बिजनेस हेड मिलन कुमार झाले भने – “भिजन एआईले व्यक्तिगत र एआई–समर्थित स्क्रिन अनुभवको नयाँ युग सुरु गरेको छ। हाम्रो नयाँ एआई टिभीहरूले घरमै सिनेमाजस्तो अनुभव दिनेछन्।”
नवीनतम फिचरहरू
युनिभर्सल जेस्चर कन्ट्रोल – हातका इशारामार्फत रिमोट बिना नै टिभी नियन्त्रण।
एआई अपस्केलिङ्ग – कम रिजोलुसन कन्टेन्टलाई 4K मा रूपान्तरण।
जेनरेटिभ वलपेपर – निष्क्रिय स्क्रिनलाई व्यक्तिगत कलात्मक क्यानभासमा बदल्ने।
स्मार्टथिंग्स इकोसिस्टम – घरको ऊर्जा प्रयोग निगरानी र स्मार्ट उपकरण नियन्त्रण।
पेट ७ फेमिली केर मोड – घरपालुवा र परिवारका असामान्य गतिविधि पहिचान।
नयाँ QLED लाइनअप र मूल्य
QA85Q7F (85") – रु ३९९,९९०
QA75Q7F (75") – रु २८९,९९०
QA65Q8F (65") – रु २५५,९९०
QA55Q8F (55") – रु १८२,९९०
यससँगै नयाँ UHD, FHD र HD टिभी मोडेलहरू पनि उपलब्ध छन्।
EMI र अफर
ग्राहकले Samsung Insta Finance (Hulas Finserve Hire Purchase Ltd.) मार्फत मासिक रु ९,९२७ बाट सुरु हुने ०५ ब्याजदर EMI मा QLED टिभी खरिद गर्न सक्नेछन्। पुराना टिभी साटासाट गर्ने सुविधा पनि उपलब्ध छ।