एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको - ध्यानाकर्षण

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको - ध्यानाकर्षण

बुधवार, असार ४ २०८२
बुधवार, असार ४ २०८२
  • images
    images
    एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको -  ध्यानाकर्षण
    images
    images

    काठमाडौं/  नेपाल चेम्बर अफ कमर्सले खुद्रा विक्री मुल्य एमआरपीमा कार्यान्व्यनमा देखिएको समस्याबारे सरकारको  ध्यानाकर्षण गराएको छ । 

    अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा चेम्बर पदाधिकारी तथा अन्य व्यवसायीक संघ संस्थाहरुका पदाधिकारीहरुको टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष उद्योगी र व्यापारीको व्यवहारिक समस्या समाधान गरेर मात्रै  एमआरपी कार्यान्व्यन गर्नुपर्ने सुझाव दिएको हो । 

    चेम्बरले मन्त्री मण्डारी समक्ष सरोकारवाला निकायसंग सर्वपक्षीय छलफल र सहमतीको आधारमा मात्रै एमआरपीलाई कार्यन्व्यनमा लैजानुपर्ने बताएको छ ।
     
    चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार हो, उक्त अधिकारबाट उपभोक्तालाई बञ्चित हुन नदिन तथा बजार र माल बस्तुकाबारे हरेक विषयमा चेतना अभिवृद्धि गर्न प्रचार प्रसार तथा सचेतनाका कार्यहरु अगाडी बढाईनु पर्ने अहिलेको आवश्यक्ता देखिएको छ ।,’ 

    व्यवसायिक र औद्योगिक वातावरण शिथिल रहेको बर्तमान अवस्थामा हाल विभागले अत्याधिक जरिवाना गरी अनुगमन गरेको कृयाकलापले व्यवसायिक वातावरण थप बिग्रन सक्ने अध्यक्ष अग्रवालले बताए । 

    चेम्बर पदाधिकारीसंगको छलफलमा मन्त्री भण्डारीले सरोकारवाला निकायहरुसंगको समन्वयमा अविलम्व थप छलफल गरी मात्रै एमआरपी कार्यन्व्यन प्रक्रीयालाई आवश्यक्ता अनुसार अघि बढाईने बताए । 
     
    मन्त्रालयमा आज भएको छलफलमा खुद्रा विक्री मुल्य एमआरपीका सम्वन्धमा हाल देखिएका अन्यौलताबारे सवै सरोकारवालाबीचको आपसी छलफलबाट अविलम्व टुङग्याउनु पर्ने विषयमा सहमति भएको छ ।

    छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्यूहरुको पनि सहभागिता रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com