स्याङ्जामा रास्वपा नेताहरूमाथि आक्रमण, दुई जना गम्भीर घाइते

स्याङ्जामा रास्वपा नेताहरूमाथि आक्रमण, दुई जना गम्भीर घाइते

मंगलवार, असार ३ २०८२
मंगलवार, असार ३ २०८२
  • images
    images
    स्याङ्जामा रास्वपा नेताहरूमाथि आक्रमण, दुई जना गम्भीर घाइते
    images
    images

    स्याङ्जा / स्याङ्जाको आँधिखोला नदीमा भइरहेको चरम प्राकृतिक दोहन रोक्न माग गर्दै अभियान चलाइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेतामाथि आक्रमण भएको छ।स्थानीय वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले दोहनविरुद्धको अभियान रोक्न खोज्दै रडले प्रहार गरेको आरोप लागेको छ। आक्रमणमा रास्वपाका केन्द्रीय सदस्य मेघ आले र केन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपाल गम्भीर घाइते भएका छन्।

    दिनकर नेपालको हेलमेट फुटेको छ र दाहिने हातमा गम्भीर चोट लागेर फ्याक्चर भएको छ। उनलाई थप उपचारका लागि पोखरा अस्पताल लगिएको छ। मेघ आले पनि गम्भीर घाइते छन्।

    रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन्। “हामी सुशासन र लुटतन्त्रविरुद्धको अभियानबाट विचलित हुने छैनौं,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

    पार्टीले घाइतेहरूको उपचारमा सम्पूर्ण सहयोग गर्ने जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com