बिहीबारको राशिफल : व्यापार, नोकरी, सेयर बजारख यात्रा, पारिवारिक र प्रेमसम्बन्धका लागि आजको दिन कति शुभ कति अशुभ ?

बिहीबारको राशिफल : व्यापार, नोकरी, सेयर बजारख यात्रा, पारिवारिक र प्रेमसम्बन्धका लागि आजको दिन कति शुभ कति अशुभ ?

बिहिवार, असार २६ २०८२
बिहिवार, असार २६ २०८२
  • images
    images
    बिहीबारको राशिफल : व्यापार, नोकरी, सेयर बजारख यात्रा, पारिवारिक र प्रेमसम्बन्धका लागि आजको दिन कति शुभ कति अशुभ ?
    images
    images

    आज मिति वि.सं.२०८२ साल आषाढ २६ गते, बिहीबार तदनुसार ईश्वी सन् २०२५ जुलाई १० तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, आषाढ शुक्लपक्ष, पूर्णिमा तिथी, ऐन्द्र योग, भद्रा करण, आनन्दादिमा-धुम्र योग, चन्द्रराशि-धनु ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आर्थिक क्षेत्रमा प्रगति हुनेछ। रोकिएका योजनाहरू कार्यान्वयनमा आउनेछन्। व्यापार, नोकरी र सेयर बजारबाट मनग्गे लाभ मिल्नेछ। आम्दानी बढ्नेछ र खर्च नियन्त्रणमा रहनेछ। नयाँ लगानीको अवसर प्राप्त हुनेछ। सानो प्रयासले ठूलो लाभ उठाउन सकिने समय छ। आर्थिक आत्मनिर्भरता हासिल गर्न सहयोगी समय हुनेछ। बचत र समृद्धिको मार्ग खुल्नेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    सवारी चलाउँदा सावधानी अपनाउनुहोला, अप्रिय घटना हुन सक्छ। आम्दानी घट्ने, व्यापारमा घाटा र खर्च बढ्ने संकेत छन्। न्यून पारिश्रमिकले मन खिन्न हुन सक्छ। स्वास्थ्य कमजोर रहनेछ, यात्रा कष्टकर हुन सक्छ। आर्थिक योजना सोच विचारपूर्वक बनाउनुहोला। गुरु तथा शुभचिन्तकबाट मार्गदर्शन पाइनेछ। खर्च बढे पनि थन्किएका स्रोतको उपयोग लाभदायक हुनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    विपरीत लिङ्ग प्रतिको आकर्षण बढ्नेछ। प्रेम, मित्रता र दाम्पत्य सुदृढ हुनेछ। साझेदारी व्यापार र शेयर बजारबाट लाभ मिल्नेछ। भौतिक सुविधा र मनोरञ्जनमा खर्च बढ्नेछ। जीवनशैली आकर्षक बन्नेछ। आफन्त र गुरुजनको सहयोग प्राप्त हुनेछ। प्रयासद्वारा दिगो लाभ हुने काम थालनी हुनेछ। घुमफिर, भेटघाट र उपहारले मन प्रसन्न रहनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    व्यापार र सेयर बजारबाट मनग्गे लाभ हुनेछ। नयाँ उद्योगमा लगानीको अवसर आउनेछ। रोकिएका काम पूरा हुनेछन्। न्यायिक फैसला आफ्नै पक्षमा रहनेछ। शत्रु परास्त हुनेछन्। गुरुको सहयोगले सफलता मिल्नेछ। मेहनतको उचित फल प्राप्त हुनेछ। पुराना निवेशबाट फाइदा हुनेछ। प्रतिस्पर्धामा विजय पाउनेछ। हौसला बढ्दै नयाँ अवसरहरू प्राप्त हुनेछन्।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    अध्ययन र अध्यापनमा सफलता मिल्नेछ। खर्च कम भएर व्यापार र सेयर बजारमा लगानी गर्न सकिनेछ। आर्थिक अवस्था सुधार हुनेछ। आफन्त र मनपर्नेबाट उपहार पाइनेछ। सन्तानको प्रगति देखेर मन प्रसन्न हुनेछ। पारिवारिक वातावरण सुखद रहनेछ। मेहनतले प्रतिष्ठित काम पूरा हुनेछ। पशुपालन र कृषि क्षेत्रमा लाभ हुनेछ। विगतका कर्मको फल प्राप्त हुनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    माया प्रेममा विश्वास बढ्नेछ तर आमासँग मनमुटाब हुनेछ। पढाइ कमजोर हुनेछ भने राजनीति र समाजसेवामा सन्तुलित व्यवहार गर्नुहोला। स्वास्थ्यमा छातीको समस्या र खर्च बढ्नेछ। कृषि र पशुपालनबाट आम्दानी हुनेछ। गुरुहरूको सहयोगले शिक्षा क्षेत्रमा प्रगति हुनेछ। नोकरी मिलेर मन प्रसन्न हुनेछ। मित्रहरूसँग भ्रमण हुनेछ। भूमि र पशुधनबाट लाभ हुनेछ। रोकिएका काम पूरा गर्न पुनः प्रयास गर्नुपर्छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    माया प्रेममा सामिप्यता बढ्नेछ र साथीको सहयोगले काम बन्नेछन्। रोकिएका काम पूरा हुने र नयाँ काम सुरु हुनेछन्। गुरु र अग्रजको साथले पढाइमा सफलता मिल्नेछ। सामाजिक सम्बन्ध सुदृढ हुनेछ। कृषि अथवा पशुपालनबाट लाभ हुनेछ। साहित्य र लेखनमा प्रगति हुनेछ। सञ्चित धन बढ्नेछ। मेहनतले सफलता र दिगो फाइदा मिल्नेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सकिने समय हो।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    व्यापार र सेयर बजारबाट मनग्गे आम्दानी हुनेछ। स्रोत साधन जुटेर काम सहजै सम्पादन हुनेछ। अध्ययनमा प्रतिस्पर्धीलाई पछि पारिनेछ। परिवार र गुरुहरूसँग रमाइलो समय बित्नेछ। थोरै पढाइले उत्कृष्ट नतिजा दिनेछ। कर्मयोगले सफल भविष्य बनाउनेछ। बोलीमा मिठास राख्नुस्, जसले शत्रु मित्र दुवैलाई प्रभाव पार्छ। नयाँ काम प्रारम्भ भएर सम्मान र आर्थिक फाइदा मिल्नेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    भौतिक वस्तु प्रयोग गरी राम्रा पहिरनले अरूको मन लोभ्याउन सकिनेछ। तपाईँका राम्रा कामले परिवार र साथीभाइ खुसी हुनेछन्। राजनीति र समाजसेवामा जनताको समर्थन पाइनेछ। नयाँ कामबाट आम्दानी बढ्नेछ। व्यापार र सेयर बजारमा लगानीले दीर्घकालीन लाभ दिनेछ। गुरु र मान्यजनसँग भेटले मन प्रफुल्ल हुनेछन्। सरकारी र व्यापार क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक गतिविधिले मन प्रसन्न रहनेछ। जीवनशैली सुधार्दै व्यक्तित्व निखारिनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    समय मध्यम छ, स्वास्थ्यमा समस्या आउन सक्छ, खानपान र वातावरणको ख्याल गर्नुपर्छ। माया प्रेममा धोका हुने सम्भावना छ। काममा ध्यान नदिँदा जरिवाना लाग्न सक्छ। विदेशी सामान व्यापार फस्टाउनेछ। विदेशमा काम र अध्ययनका लागि समय राम्रो छ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। दाम्पत्यमा मनमुटाव हुन सक्छ। आर्थिक सङ्कट भए पनि कर्जा र सरसापटबाट धन जुट्नेछ। विदेश भ्रमणको प्रयास हुनेछ। खर्च बढ्नेछ, आलस्यले पछि पार्नेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् र श्रमको उचित मूल्याङ्कन हुनेछ। शैक्षिक गुणस्तर वृद्धि र नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। दाजुभाइ तथा आफन्तको सहयोग पाइनेछ। सवारी साधन प्राप्तिको योग छ। प्रेम सम्बन्ध बलियो हुनेछ। गुरुहरूको गाइडलाइन र शुभचिन्तकहरूको साथ मिल्नेछ। व्यापार, कृषि र पशुपालनबाट मनग्गे फाइदा हुनेछ। दिगो र प्रशस्त लाभ हुने काम थालनी हुनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    आर्थिक क्रियाकलापहरू फस्टाएर मनग्गे आम्दानी हुनेछ। बुवाको धन परिचालन गरी लाभ लिन सकिनेछ। शिक्षा क्षेत्रमा लगानीको अवसर आउनेछ। दाजुभाइको सहयोगले सवारी साधन जोडिनेछ। प्रेम र मित्रतामा आत्मीयता बढ्नेछ। अध्ययनमा अग्र स्थानमा आउन सकिनेछ। खर्च लागे पनि दिगो लाभ हुने काम हुनेछ। रोकिएका काम सम्पन्न हुनेछन्। मिहिनेतले प्रतिष्ठा दिलाउनेछ। नोकरी र व्यवसायमा विशेष फाइदा मिल्नेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com