सडक स्तरोन्नति भएसँगै मुस्ताङमा बढे पर्यटक

सडक स्तरोन्नति भएसँगै मुस्ताङमा बढे पर्यटक

मंगलवार, असार ३ २०८२
मंगलवार, असार ३ २०८२
  • images
    images
    सडक स्तरोन्नति भएसँगै मुस्ताङमा बढे पर्यटक
    images
    images

    मुस्ताङ / बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति भएसँगै मुस्ताङमा पर्यटकको आगमन बढेको छ। कोरला सडकको म्याग्दी र मुस्ताङ खण्डमा दुई तिहाइ सडक बढेको हो ।

    मुस्ताङ धार्मिक तथा पर्यटकीय दृष्टिले देशको प्रमुख गन्तव्य हो । मुक्तिनाथ मन्दिर, कागबेनीधाम र दामोदरकुण्ड मुख्य धार्मिकस्थल हुन् ।

    यसैगरी, उपल्लो मुस्ताङको लोमान्थाङ दरबार, कोरलानाका, ढुम्बाताल, घर गुम्बा, मार्फा, जोमसोम बजार यहाँका पर्यटकीय गन्तव्य हुन् ।

    पृथक भूगोल, प्राकृतिक सौन्दर्य, जैविक विविधता, प्राचीन गुम्बा तथा मठमन्दिरका साथै यहाँका धार्मिक, सामाजिक, सांस्कृतिक सम्पदाले जुनसुकै उमेरका मानिसलाई आकर्षित गर्दै आएको छ ।

    विगत पाँच वर्षको पर्यटकीय तथ्याङ्क तुलना गर्दा मुस्ताङमा दोब्बरले पर्यटक बढेका पाइएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि जेठसम्मको ११ महिना अवधिमा स्वदेशी तथा विदेशी पर्यटकगरी छ लाख ७८ हजार ५३६ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    गत आवमा चार लाख ५४ हजार ३२६ जना स्वदेशी तथा विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । 

    चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म स्वदेशी पाँच लाख ३९ हजार ८७२ जना र ७२ देशका एक लाख ३८ हजार ६६४ विदेशी मुस्ताङ आएका हुन् ।

    गत वर्ष तीन लाख ५४ हजार ९२७ नेपाली र ९९ हजार ३९९ विदेशी यहाँ आएका हुन् ।

    चालु आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्ममा स्वदेशी पर्यटकतर्फ सबैभन्दा धेरै कात्तिक महिनामा ९९ हजार १७६ जना र चैत महिनामा ८९ हजार ३४४ जनाले मुस्ताङको भ्रमण गरेका उक्त कार्यालयको अभिलेखमा उल्लेख छ ।

    यसैगरी, विदेशी पर्यटकतर्फ सबैभन्दा धेरै जेठ महिनामा २८ हजार ३७२ जना र वैशाख महिनामा २६ हजार २९ जना विदेशीले मुस्ताङ भ्रमण गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com