प्रभु बैंकका ग्राहकहरुले बेगनासतालस्थित होटेल हिमालय सेरेन भ्युमा विशेष छुट पाउने

प्रभु बैंकका ग्राहकहरुले बेगनासतालस्थित होटेल हिमालय सेरेन भ्युमा विशेष छुट पाउने

आइतवार, असार १ २०८२
आइतवार, असार १ २०८२
  • प्रभु बैंकका ग्राहकहरुले बेगनासतालस्थित होटेल हिमालय सेरेन भ्युमा विशेष छुट पाउने

    पोखरा महानगरपालिका–३१, बेगनासतालस्थित होटेल हिमालय सेरेन भ्युप्रभु बैंक लिमिटेड बीच विशेष छुट सम्झौता भएको छ। सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले होटेलमा उपलब्ध खाना, पेय पदार्थ तथा आवास सेवामा विशेष छुट पाउनेछन्।

    images
    images

    सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी, तिनका परिवारजन तथा ग्राहकहरूले खाना र पेय पदार्थमा १० प्रतिशत र आवास सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। यस सुविधा होटेल हिमालय सेरेन भ्युमा लागू हुनेछ।

    उक्त छुट सम्झौतापत्रमा होटेल हिमालय सेरेन भ्युका प्रोप्राइटर अनिल ढकाल र प्रभु बैंक लिमिटेड तालचोक शाखा प्रमुख प्रकाश पौडेलले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन्।

    ग्राहकको रोजाइमा अग्रस्थानमा रहेको प्रभु बैंक हाल देशभर ३११ शाखा कार्यालय, २८४ एटीएम र ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ सेवा प्रदान गर्दै आएको छ। बैंकले अत्याधुनिक डिजिटल प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ।

    हालै मात्र प्रभु बैंक “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित हुनुका साथै “फिनाकल ईन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्ड” पनि प्राप्त गर्न सफल भएको छ।

    सम्झौतापछि दुबै संस्थाले आपसी सहकार्यमार्फत ग्राहक सन्तुष्टि तथा सेवा विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय