काठमाडौं/ नेपाल लेयर्स कुखुरापालक संघको आयोजनामा सम्पन्न भेलामा पूर्वदेखि पश्चिमसम्मका अण्डा उत्पादक किसानहरूको सहभागिता रहेको छ।
अण्डा उत्पादनमा बढ्दो लागत तथा किसानहरूको हितलाई ध्यानमा राख्दै आज सम्पन्न भेलाले आगामी केही दिनभित्रै किसानले लागत मूल्य पाउने गरी अण्डाको मूल्य समायोजन गर्न संघले पहल गर्ने निर्णय गरेको छ।
उक्त भेलामा सहभागी किसानहरूले उत्पादन लागत दिनानुदिन बढ्दासमेत बजार मूल्य स्थिर रहँदा घाटामा जानु परेको गुनासो गरेका थिए।
संघले उक्त गुनासोलाई गम्भीर रूपमा लिँदै सबै सरोकारवाला पक्षसँग समन्वय गरेर मूल्य समायोजनका लागि आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ।
भेलाले किसानको हकहितका लागि ऐक्यबद्धता जनाउँदै बजार व्यवस्थापन, आपूर्ति सन्तुलन र दीर्घकालीन समाधानका उपायहरूमा समेत छलफल गरेको थियो।