images
Logo
images

समितिको बैठकमा सांसद्को प्रश्न : खाडी पुगेका महिलाहरूले वेदना पोखिरहँदा मन्त्रीहरू के हेरेर बसिरहनु भएको छ ?

समितिको बैठकमा सांसद्को प्रश्न : खाडी पुगेका महिलाहरूले वेदना पोखिरहँदा मन्त्रीहरू के हेरेर बसिरहनु भएको छ ?

शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • images
    images
    समितिको बैठकमा सांसद्को प्रश्न  : खाडी पुगेका महिलाहरूले वेदना पोखिरहँदा मन्त्रीहरू के हेरेर बसिरहनु भएको छ ?
    images
    images

    काठमाडौँ / शुक्रबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुक (युएई) मा बैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरेको छ । 

    सिंहदरबारमा बसेको उक्त समितिको बैठकले श्रम सम्झौता भएको मुलुक (युएई) मा बैदेशिक रोजगारीका लागि घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरेको हो ।

    उक्त छलफलमा रास्वपाका सांसद गणेश पराजुलीले घरेलु श्रमिक कामदारका रूपमा महिलालाई नपठाउने भनेर बारम्बार प्रतिबन्ध लाग्दै आए पनि महिला कामदार अहिले पनि युएईमा घरेलु श्रमिकका रूपमा रहेको बताए । उनले यसरी घरेलु कामदार युएईमा जाँदा पाएको दुःख र दर्दनाक अवस्थामा राज्यले केहि गर्न नसकेको बताए ।

    उनले भने, “घरेलु श्रमिक कामदारका रूपमा महिलालाई नपठाउने भनेर बारम्बार प्रतिबन्ध लाग्दै गएपनि महिला कामदार अहिले पनि युएईमा घरेलु श्रमिकका रूपमा रहेका छन् । त्यहाँ जाँदा नेपाली कामदारले पाएको दुःख, र दर्दनाक अवस्थामा राज्यले केही गर्न सकेको छैन ।” 

    यसैगरी नेपाली नागरिकको अन्तर्राष्ट्रिय जगतमा सुरक्षाको पाटोसँग जोडिएर रहेका विषयहरू के छन् भन्दै उनले प्रश्न गरे । उनले अहिले पनि एक लाख भन्दा बढि  महिला दिदीबहिनीहरू खाडी मुलुकमा उद्धारको लागि वेदना पोखिराखेको अवस्था रहेको बताए ।

    उनले भने, “बारम्बार महिला कामदारलाई नपठाउने भनेर प्रतिवन्ध लागे पनि फेरि प्रतिवन्ध खुलाउँदै कामदारहरू गएको अवस्था छ । नेपाली नागरिकको अन्तर्राष्ट्रिय जगतमा सुरक्षाको पाटोसँग जोडिएर रहेका विषयहरू के छन् यसमा मेरो प्रश्न ? खै  श्रममन्त्री ? खै  कानुनमन्त्री ? । नेपाली नागरिकको सुरक्षा अन्तर्राष्ट्रिय जगतमा  केही छैन । अहिले  पनि एक लाख भन्दा बढि महिला दिदीबहिनीहरू खाडी मुलुकमा उद्धारको लागि  वेदना पोखिराख्नु भएको  छ । हाम्रो सुरक्षा चाहियो भन्दाखेरि गृहमन्त्री, कानुनमन्त्री र श्रममन्त्री हेरेर बसिरहनु हुन्छ ।”   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com