images
Logo
images

शनिबारको राशिफल : आजको दिन कस-कसका लागि लाभदायी रहला ?

शनिबारको राशिफल : आजको दिन कस-कसका लागि लाभदायी रहला ?

शनिवार, असार २८ २०८२
शनिवार, असार २८ २०८२
  • images
    images
    शनिबारको राशिफल : आजको दिन कस-कसका लागि लाभदायी रहला ?
    images
    images

    आज मिति वि.सं.२०८२ साल आषाढ २८ गते, शनिबार तदनुसार ईश्वी सन् २०२५ जुलाई १२ तारिख, नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायण । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । श्रावण कृष्णपक्ष, द्वितीया तिथी, उत्तराषाढा नक्षत्र, आनन्दादिमा–राक्षस योग, चन्द्र राशि–मकर ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    मेष राशिका लागि आजको दिन आर्थिकरूपमा उत्साहजनक देखिन्छ। पुराना समस्या हल भई आम्दानीका नयाँ स्रोत खुल्नेछन्। व्यापारमा लाभ, प्रतिष्ठित कामको अवसर र विशिष्ट सहयोग प्राप्त हुनेछ। राजनीतिक तथा सामाजिक क्षेत्रमा प्रभुत्व बढ्नेछ। लगनशीलता र सुझबुझले आर्थिक क्षेत्रमै सफलताको ढोका खोल्नेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आजको दिन धार्मिक, शैक्षिक तथा आर्थिक दृष्टिले शुभ रहनेछ। खोजीमूलक र अध्यात्मिक कामप्रति रुचि बढ्नेछ। गुरु तथा अभिभावक वर्गबाट सहयोग र उपहार प्राप्त हुने योग छ। पढाइका कारण लामो यात्रा हुन सक्छ। प्रेम, मनोरञ्जन र सामाजिक कार्यमा व्यस्तता रहनेछ। पुराना ऋण फिर्ता हुनेछन् भने नयाँ योजनाको शुभारम्भले भविष्यमा राम्रो आर्थिक लाभ दिलाउनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    आजको दिनमा स्वास्थ्यप्रति बेसी सचेत रहनु आवश्यक छ। खानपान र आराममा लापरबाही गर्दा कमजोरी महसुस हुन सक्छ। व्यापारमा लगानी गर्नु अघि पूर्ण तयारी आवश्यक छ। प्रेम सम्बन्धमा सावधानी अपनाउनुहोला, गोप्यता भंग र आफन्तसँग असमझदारी बढ्न सक्छ। चुनौतीपूर्ण कार्य रोक्नु उपयुक्त हुनेछ। कार्यक्षेत्रमा बाधा, प्रतिकूलता, र गोप्य सूचनाको चुहावटले तनाव सिर्जना गर्न सक्छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज आफन्त र साथीको सहयोगले घरायसी सेवा सुविधाको उपयोग गर्दै आर्थिक लाभ लिन सकिनेछ। व्यापारमा आम्दानी बढ्नेछ भने प्रेम र मित्रतामा प्रगाढता आउनेछ। अध्ययनमा प्रगति हुनेछ, उपहार र रमाइलो भेटघाटले उत्साह बढ्नेछ। सवारी प्रयोगमा सावधानी आवश्यक छ। विवादास्पद निर्णयले समस्या ल्याउन सक्छ, सोचविचार गरेर अघि बढ्नुहोस्।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    पारिवारिक यात्रामा रमाइलो र स्वादिष्ट भोजनको अनुभव हुनेछ। माया प्रेममा सामीप्यता बढ्नेछ, दाम्पत्य सम्बन्ध बलियो बन्नेछ। कार्यक्षेत्रमा संघर्षपछि सफलता मिल्नेछ। विद्यार्थीले नयाँ कुरा सिक्ने अवसर पाउनेछन्। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। तर अवसरवादी र पुराना शत्रुप्रति सतर्क रहनुहोला, चुनौतीबीच सफलता सम्भव छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    आज व्यापारमा मनग्य लाभ हुनेछ, इमानदारिता र लगनशीलताको कदर हुनेछ। अप्ठ्यारा परिस्थितिहरू बुद्धिमत्तापूर्वक समाधान हुनेछन्। प्रेममा सामिप्यता बढ्नेछ र उपहार प्राप्ति सम्भावना छ। सन्तान र आफन्तको सहयोगले मन प्रसन्न रहनेछ। आम्दानीका स्रोत बढ्नेछन्, ज्ञान र अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सम्मान र सफलतामा पुर्‍याउनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज सामाजिक वा राजनीतिक काम गर्दा आलोचनाको सामना हुन सक्छ, विरोधीहरू सक्रिय रहनेछन्। सवारी वा सम्पत्ति कारोबारमा सजग रहनुहोला। स्वास्थ्यमा समस्या आउन सक्छ, आहार–विहार मिलाउनुहोस्। कृषि र पशुपालनबाट लाभ मिल्नेछ। परिवारको साथले मनोबल बढ्नेछ। अफवाह वा आश्वासनमा नपर्दै दोहोर्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज सुरु गरेको काममा आफन्त र दाजुभाइको सहयोगले सफलता मिल्नेछ। व्यवसाय र उद्योगमा लाभ हुनेछ, पारिवारिक आवश्यकता पूरा गर्न सकिनेछ। प्रेममा नजिकिएर रमाइलो समय बित्नेछ। आत्मविश्वास बढ्नेछ, मिहिनेतले राम्रो फल मिल्नेछ। साना भाइबहिनीको सहयोग र पारिवारिक भ्रमणबाट मन प्रसन्न हुनेछ। प्रतिस्पर्धीबाट सचेत रहनुहोला।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आज व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुने सम्भावना छ। माया प्रेममा विश्वास बढेर मन प्रसन्न रहनेछ। कला, साहित्य र अध्ययनमा प्रगति हुनेछ। कुटुम्बबाट सहयोग पाइनेछ। मनोरञ्जनमा समय बित्नेछ। सञ्चित धन बढ्नेछ र बोलीको प्रभावले कार्य सिद्ध हुनेछ। नयाँ काम प्रारम्भ भएर दिगो फाइदा हुनेछ। मिहिनेतले सम्मान र सफलता दिलाउनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    पारिवारिक वातावरणमा रमाइलो समय बित्नेछ। महँगो वस्तु प्रयोग गर्ने अवसर मिल्नेछ। राजनीति र सामाजिक कार्यमा जनताको समर्थन पाइनेछ। प्रेममा नजिक भई संवाद हुनेछ। अनलाइन व्यापार र प्रविधिको प्रयोगबाट आम्दानी बढ्नेछ। नयाँ कार्यको योजना बन्नेछ। सफलताले हौसला बढाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ र व्यक्तित्व निखारिनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    आज खर्च बढ्ने र कामहरू पूरा नहुन सक्ने सम्भावना छ। आर्थिक स्थिति कमजोर हुँदै घरायसी व्यवस्थापन कठिन हुनेछ। स्वास्थ्यमा समस्या आएर उपचार खर्च लाग्नेछ। व्यवसाय फस्टाउन लगानी बढाउनु पर्नेछ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। प्रेममा तनाव र आक्षेप बढ्ने सम्भावना छ। सहयोग कम पाइने र चुनौतीहरू सामना गर्नुपर्नेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    आज साथीभाइ र इष्टमित्रको सहयोगले सफल काम हुनेछ। व्यापारमा लगानीबाट मनग्गे लाभ लिन सकिनेछ। जीवनसाथीको साथले उपलब्धि बढ्नेछ। पैतृक सम्पत्तिको प्रयोगबाट आम्दानी वृद्धि हुनेछ। परिवारसँग यात्रा र मनोरञ्जन समय बित्नेछ। नयाँ नोकरीमा सफलता मिल्नेछ। कृषि र पशुपालनबाट फाइदा हुनेछ। ऋण चुक्ता गर्ने अवसर प्राप्त हुनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com