images
Logo
images

कोटिहोमका भक्तजनहरुको सुझाव : दान दक्षिणालाई सामाजिक र परोपकारी काममा लगाऔं

कोटिहोमका भक्तजनहरुको सुझाव : दान दक्षिणालाई सामाजिक र परोपकारी काममा लगाऔं

बुधवार, जेठ २८ २०८२
बुधवार, जेठ २८ २०८२
  • images
    images
    कोटिहोमका भक्तजनहरुको सुझाव : दान दक्षिणालाई सामाजिक र परोपकारी काममा लगाऔं
    images
    images

    ‘कोटिहोमले धर्म संस्कृति जोगाउन सहयोग पुग्छ’
    प्रमिला कार्की ÷न्यूज बैंक
    काठमाडौँ  /  पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा जारी रहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञमा अझैपनि भक्तजनहरुको उत्साहजनक उपस्थिति देखिन्छ । 

    गत बैशाख १७ गतेदेखि सुरु भएको श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञ समापनको चरणमा आइपुग्दा पनि कथा श्रवण गर्ने भक्तजनहरुको भरिभराउ छ । 

    हिन्दु धर्म लोप हुँदै गएको भन्दै धर्मको संरक्षणमा कोटिहोमले महत्वपूर्ण योगदान पुर्याएको भक्तजन अम्बिका ढुंगाना बताउँछिन् । 

    उनले पहिलेदेखि नै चलिआएको सनातन हिन्दु धर्म जोगाउनुपर्छ भन्ने सन्देश कोटिहोमले दिएको प्रतिक्रिया दिइन् । 
    उनले भनिन्,‘हिन्दु धर्म धेरै लोप हुँदै गएको छ । त्यसैले हिन्दु धर्म बचाउनुपर्छ । पहिलेदेखि नै चलिआएको सनातन हिन्दु धर्म जोगाउनुपर्छ भन्ने कोटिहोमले सन्देश दिएको छ । भक्तजनहरुको भीड धेरै छ । यो देखेर खुशी लाग्यो । व्यवस्थापन पनि एकदमै राम्रो छ ।’

    यस्तै अर्का भक्तजन भोजराज अधिकारीले यस्ता महायज्ञमा आएर कथा श्रवण गर्न पाइने सुनौलो अवसरको सदुपयोग गर्न सबैलाई सुझाव दिए । उनले  कस्तो कर्म गर्दा के फल पाइन्छ भन्ने ज्ञान महायज्ञमा कथा श्रवण गरेर लिन सकिने धारणा राखे । 

    ‘यहाँ धेरै चर्चित कथावाचक तथा वाचिकाहरुबाट कथा वाचन भइरहेको छ । आएर कथा श्रवण गर्दा राम्रो हुन्छ । यस्तो अवसर यो जुनिमा फेरी पाइन्छ पाइन्न थाहा छैन् । कोटिहोममा कस्तो कर्म गर्दा के फल पाइन्छ सबै ज्ञान लिन सकिने छ । चारसय भन्दा बढि ब्राह्मणहरु आएर पाठ पुराण चलिरहेका छन्,’ उनले भने 
    त्यस्तै, भक्तजन वृद्धिराम भुसालले कोटिहोममा हर्ष र उमङ्ग देख्दा धर्म संस्कृति जोगिएको अनुभूति भएको भन्दै खुशी व्यक्त गरे । यस्ता कोटिहोमले गर्दा धर्म सँस्कृति जोगिरहेको भन्दै कोटिहोम सञ्चालक मानव सेवा फाउन्डेसनलाई धन्यवाद दिए । 

    उनले भने,‘नेपालमा पछिल्लो समय धर्म साँस्कृति हराउँदै गएको थियो । आज यो हर्ष यो उमङ्ग देखेर धर्म सँस्कृति जोगिएको देखिएर खुसी लागिरहेको छ । पोखरा कोटिहोम अहिलेसम्मको ठूलो कोटिहोम हो । यस्ता कोटिहोमको आयोजना भइरहनुपर्छ । कोटिहोमले गर्दा धर्म संस्कृति जोगिरहेको छ । कोटिहोम लगाउनेलाई धन्यवाद दिन चहान्छु । यस्तैगरि कोटिहोम लगाइरहने हो भने हराएको सनातन धर्म फर्कि आँउछ ।’ 

    त्यस्तै उनले भक्तजनहरुलाई दर्शन गर्न सहजता प्रदानको लागि कुनै कसर बाँकी नराखेको भन्दै समग्रमा नै भक्तजनहरुको लागि राम्रो व्यवस्था गरेको जानकारी दिए । 

    गण्डकी कोटिहोम आयोजना गर्नु एकदमै गौरवको कुरा भएको भन्दै कोटिहोममा अन्य विभिन्न विधाका आध्यात्मिक काम भइरहेको ऋषिराम चिलुवाल बताउँछन् । 

    उनले अरुको कल्याण गर्नु नै धर्म हो, अरुलाई पीडा दिनु पाप हो भन्ने सन्देश कोटिहोमबाट लिएको बताउँदै उनले सबैजना कोटिहोममा गएर पुण्य लाभ प्राप्त गर्न आग्रह समेत गरे । 

    उनले भने,‘गण्डकी कोटिहोम आयोजना गर्नु एकदमै गौरवको कुरा हो । यसले एकदमै आध्यात्मिक काम गरेको छ । सबैजना यहाँ आएर पुण्य लाभ गर्नुहुन आग्रह गर्दछु ।  अरुको कल्याण गर्नु नै धर्म हो । अरुलाई पीडा दिनु पाप हो । हामीले आध्यात्मिक कार्यमा लाग्नुपर्छ भन्ने सिक्ने मौका पाएँ ।’

    भक्तजनहरुले गरेको दान दक्षिणाहरु परोपकारको काममा खर्च गर्न आयोजकलाई उनले सुझाए । 
    ‘अलिअलि दान गर्यौं । हामीले गरेको जुन दान दक्षिणाहरु छन् । त्यो यस्तै राम्रो काम र परोपकारको काममा खर्च भएहुन्थ्यो भन्ने इच्छा छ । कसैलाई नराम्रो नगर्नु, सबैलाई सहयोग गर्नुपर्छ अनिमात्र परोपकारका कार्य हुनेछ । यस्तै राम्रो काम भइरहनु पर्छ ।’

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com