काठमाडौंस्थित नागार्जुन नगरपालिका ४ रानीपाटी पानीट्याङ्की नजिक एक घरमा जुवा तासको खालबाट ८ जनालाई पक्राउ गरिएको छ ।
उक्त स्थानमा जुवा तास खेल्ने खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुलाई आज करिब ३ बजेको समयमा पक्राउ गरेको थियो ।
गुल्मी, रेसुङ्गा गाउँपालिका ८ घर भएका उक्त घरमा डेरा गरी बस्ने वर्ष ३२ की उषा थापासहित नागार्जुन नगरपालिका ६ रामकोट बस्ने वर्ष ५८ को राज कुमार शाही, मकवानपुर, थाहा नगरपालिका १२ का २६ का सन्तोष तामाङ
थाहा नगरपालिकाकै १३ वाडाका ३६ वर्षिय दुर्गा बहादुर तामाङ जडिबुटी बस्ने वर्ष २४ वर्षका तुलराम थिङ
, यस्तैगरी पाँचथर, फालिलुङ गाँउपालिका ७ का कंलकी बस्ने वर्ष ३४ का मन कुमार केरुङ लिम्बु
, सिन्धुली, हरिहरपुरगढी गाउँपालिका ८ का वर्ष ३५ धन बहादुर भोलन रहेका छन् । यस्तैगरी नुवाकोट, बेलकोटगढी नगरपालिका ६ का कालिमाटी बस्ने वर्ष २६ वर्षका राज कुमार तामाङ पक्राउ परेका छन् ।
उनीहरु जुवा तास खेल्ने खेलाउने कार्य गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको नेपाल प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला अदालतबाट ५ दिनको को म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।
पक्राउ परेका मानिसहरुसँग १ लाख १० हजार ६३० रुपैयाँ तास बुक बरामद गरेको जनाएको छ ।