वैशाख महिनामा मूल्यवृद्धि २.७७ प्रतिशत मात्रै, घ्यू तथा तेलको मूल्य घट्दा महँगियो गैर–खाद्य वस्तु तथा सेवा

वैशाख महिनामा मूल्यवृद्धि २.७७ प्रतिशत मात्रै, घ्यू तथा तेलको मूल्य घट्दा महँगियो गैर–खाद्य वस्तु तथा सेवा

मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • वैशाख महिनामा मूल्यवृद्धि २.७७ प्रतिशत मात्रै, घ्यू तथा तेलको मूल्य घट्दा महँगियो गैर–खाद्य वस्तु तथा सेवा

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले २०८२ वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.४० प्रतिशत रहेको थियो । 

    images
    images

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ६.४१ प्रतिशत र ३.०९ प्रतिशत रहेको थियो । 

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.०८ प्रतिशत, फलफूलको ६.१५ प्रतिशत, दाल तथा गेडागुडीको ५.१७ प्रतिशत र गैर-मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले बढेको छ भने तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.११ प्रतिशत, मरमसलाको २.२० प्रतिशत र माछा तथा मासको ०.४८ प्रतिशतले घटेको छ ।  

    गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ९.०४ प्रतिशत, शिक्षाको ५.८८ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ५.२३ प्रतिशत, फर्निसिङ तथा घरायसी 
    उपकरणको ३.९९ प्रतिशत र रेष्टुरेण्ट तथा आवास सेवाहरूको ३.१६ प्रतिशतले बढेको छ । 

    समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.२१ प्रतिशतले र शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.६१ प्रतिशतले बढेको छ । 

    प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशकोे वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२९ प्रतिशत, मधेश प्रदेशको २.८१ प्रतिशत, बागमती प्रदेशको २.४० प्रतिशत, गण्डकी प्रदेशको २.२३ प्रतिशत, लुम्बिनी प्रदेशको २.१५ प्रतिशत, 
    कर्णाली प्रदेशको २.२१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.१४ प्रतिशत रहेको छ । 

    समीक्षा महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.६४ प्रतिशत, तराईको २.६४ प्रतिशत, पहाडको २.६५ प्रतिशत र हिमालको ४.०१ प्रतिशत रहेको छ ।  

    त्यस्तै, वैशाख महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.९५ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही महिनामा यस्तो मुद्रास्फीति ५.६८ प्रतिशत रहेको थियो । 

    समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १०.८९ प्रतिशतले बढेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ०.१० प्रतिशत र २.७३ प्रतिशतले बढेको े छ । 

    यसअवधिमा निर्माण सामाग्रीको थोक मुद्रास्फीति २.६७ प्रतिशतले बढेको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय