इन्जिनियर कोइरीविरुद्ध चार करोडभन्दा बढी भ्रष्टाचारको अभियोगमा मुद्दा

इन्जिनियर कोइरीविरुद्ध चार करोडभन्दा बढी भ्रष्टाचारको अभियोगमा मुद्दा

सोमवार, जेठ २६ २०८२
सोमवार, जेठ २६ २०८२
  • इन्जिनियर कोइरीविरुद्ध चार करोडभन्दा बढी भ्रष्टाचारको अभियोगमा मुद्दा

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाका तत्कालिन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोइरीविरुद्ध चार करोड ५८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    images
    images

    आयोगका अनुसार कोइरीले सरकारी सेवाकालमा पदको दुरुपयोग गर्दै गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको प्रमाण भेटिएपछि सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो।

    धनुषा जिल्ला, क्षीरेश्वरनाथ नगरपालिका–५ (साबिक नकटाझिज–६) स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–४, चण्डोल बसोबास गर्ने कोइरी २०४६ सालको वैशाख १९ गतेदेखि २०७८ साल फागुन ३० गतेसम्म काठमाडौँ महानगरपालिकामा सार्वजनिक पदमा कार्यरत थिए।

    अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सो अवधिमा कोइरिले जम्मा सात करोड ९६ लाख ७७ हजार ८०४ रुपैयाँ २३ पैसा बराबरको सम्पत्ति आर्जन गरेका थिए। 

    तर, तीमध्ये तीन करोड ३७ लाख ७९ हजार ४०० रुपैयाँ ३४ पैसाको मात्रै वैध स्रोत देखिएको हुँदा बाँकी चार करोड ५८ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति अवैध रूपमा आर्जन गरिएको ठहर गरिएको हो।

    अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो मागदाबीसहित कारबाहीका लागि विशेष अदालतमा मुद्दा दर्ता गरेको जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय