अनर ४०० फाइभजी एआई स्मार्टफोन सगरमाथाबाट सार्वजनिक

अनर ४०० फाइभजी एआई स्मार्टफोन सगरमाथाबाट सार्वजनिक

आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • images
    images
    अनर ४०० फाइभजी एआई स्मार्टफोन सगरमाथाबाट सार्वजनिक
    images
    images

    काठमाडौँ / नेपाल- विश्वप्रसिद्ध एआई डिभाइस ईकोसिस्टम कम्पनी अनरले नयाँ अनर ४०० फाइभजी सिरिजको सुरुवात विश्वको सर्वोच्च शिखर-सगरमाथाबाट गरेर इतिहास रचेको छ। 

    यो विश्वकै पहिलो सार्वजनिक कार्यक्रमले अनरको साहसी दृष्टिकोण र नवप्रवर्तनको सीमालाई नाघ्ने प्रतिबद्धतालाई दर्शाउँछ। यसको ‘अनरको एआई शिखरमै, संसारको शिखरमै’ भन्ने सन्देश दिन खोजिएको हो।

    अनर ४०० फाइजी सिरिज कुनै पनि उचाइमा काम गर्न सक्षम छ - स्टाइलिश डिजाइन, शक्तिशाली एआई फिचरहरू, र फ्ल्यागशिप स्तरका क्यामेराको संयोजनमा आधारित यो स्मार्टफोनले बेजोड प्रयोगकर्ता अनुभव प्रदान गर्दछ।

    अनर ४०० फाइजी सिरिजको मूख्य विशेषताहरू

    HONOR 200MP Ultra-clear AI मुख्य क्यामेरा

    AI क्रिएटिभ एडिटिङ AI Image to Video, AI Super Zoom, AI Portrait Snap, AI Remove Reflection, AI Eraser, AI Outpainting, AI Upscale लगायतको समावेश)

    फ्ल्यागशिप स्तरको प्रदर्शन (Snapdragon 8 Gen 3 Processor)

    6000mAh + 100W चार्जिङ सपोर्ट

    IP68 & IP69 पानी प्रतिरोध क्षमता

    एआईले सशक्त बनाएको फोटोग्राफी, फ्ल्यागशिप स्तरको प्रदर्शन, र आकर्षक डिजाइनसहित अनर ४०० फाइजी सिरिजले स्मार्टफोन नवप्रवर्तनको सीमालाई फराकिलो बनाएको छ - र यसको संसारको सर्वोच्च शिखरबाट सार्वजनिक हुनु असीम सम्भावनाको प्रतीक हो।

    उपलब्धता

    काठमाडौँको हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा Celltron Nepal का प्रमुख कार्यकारी अधिकृत राहुल राठीले अनर ४०० फाइजी सिरिजको प्रिबुकिङ आजदेखि नै सुरु भएको घोषणा गरे ।  

    प्रि-बुक गर्दा ग्राहकलाई विशेष निःशुल्क अफरहरू पनि प्रदान गरिनेछ। पहिलो बिक्री २०८२ असार २ गते (१६ जुन २०२५)बाट सुरु हुनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com