आइएमई लाइफका बिमित, अभिकर्ता र कर्मचारीलाई इला होटल एण्ड रिर्सोटमा आकर्षक छुट

आइएमई लाइफका बिमित, अभिकर्ता र कर्मचारीलाई इला होटल एण्ड रिर्सोटमा आकर्षक छुट

शनिवार, जेठ २४ २०८२
शनिवार, जेठ २४ २०८२
  • आइएमई लाइफका बिमित, अभिकर्ता र कर्मचारीलाई इला होटल एण्ड रिर्सोटमा आकर्षक छुट

    काठमाडौँ / आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बिमित, अभिकर्ता तथा कर्मचारीलाई इला होटल एन्ड रिर्सोटअन्तर्गत रहेका होटलहरूका सेवामा १५ प्रतिशत सहुलियत प्रदान गर्ने भएको छ । कम्पनी र इला होटल एन्ड रिर्सोटबिच हालै सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारी भएको हो । 

    images
    images

    सो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बिमितले आफ्नो मोबाइलमा कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी उक्त छ्ट सुविधाको लाभ लिन सक्नेछन् ।
     
    इला होटल एन्ड रिर्सोट अन्तर्गत मौलाकालिकामास्थित इला होटल एन्ड रिर्सोट, बाग्लुङस्थित इला कम्फर्ट र लाजिम्पाट स्थित सेक एड फेन्ज रेस्टुरेन्ट, यसैगरी आईएमई हस्पिटालिटी एण्ड होटल अन्तर्गत पोखरास्थित दी लेकसाइड रिट्रिट र लाजिम्पाटमा रहेको होटलले हिमालय लगायतका होटल तथा हस्पिटालिटीहरू रहेका छन्। 

    उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले आफ्नो मोबाइल एपमार्फत प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज बनाएको छ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय