साउथवेष्टन र ग्रीन सिटी अस्पतालवीच समझदारीपत्रमा हस्ताक्षर

साउथवेष्टन र ग्रीन सिटी अस्पतालवीच समझदारीपत्रमा हस्ताक्षर

मंगलवार, जेठ २० २०८२
मंगलवार, जेठ २० २०८२
  • images
    images
    साउथवेष्टन र ग्रीन सिटी अस्पतालवीच समझदारीपत्रमा हस्ताक्षर
    images
    images

    काठमाडौं/ साउथवेष्टन स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी बसुन्धरा काठमाडौं र ग्रीन सिटी अस्पताल बसुन्धरा काठमाडौवीच मंगलबार आपसी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

     एक समारोहकावीच भएको समझदारीपत्रमा कलेजकातर्फबाट क्याम्पस चिफ इन्जिनियर दीपकबहादुर धामी तथा अस्पतालकातर्फबाट अध्यक्ष लोकबहादुर टण्डनले हस्ताक्षर गरे ।

    आपसी सहकार्य, छात्रबृति तथा अस्पतालमा उपलव्ध सेवाहरुमा छुट प्रदान गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो । यो सहकार्यबाट अस्पताल तथा कलेजका कर्मचारी तथा विद्याथीहरु लाभान्बित हुने विश्वास दुवै पक्षले लिएको छ ।

    समझदारीपत्र बमोजिम साउथवेष्टन स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीमा अध्ययनरत विद्यार्थीहरु तथा कलेजमा कार्यरत शिक्षक कर्मचारीहरु, अस्पतालले उपलव्ध गराउने सेवाहरुमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने र अस्पतालमा कार्यरत कर्मचारीका छोराछोरीहरुलाई कलेजले २० प्रतिशतसम्मको छात्रबृद्धि उपलव्ध गराउने भएको सहमति भएको छ । 

    यसबाहेक दुवै संस्थावीच विद्यार्थीहरुको लागि हेल्थ क्याम्प आयोजना गर्ने तथा इन्टर्नशिपको अवसर उपलव्ध गराउनेसमेत समझदारी भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com