काठमाडौं/ संयुक्त राष्ट्रसंघको United Nations Support Mission in Libya (UNSMIL) मा तैनाथ नेपाली शान्ति सैनिकहरूको छैटौँ डफ्फाको स्थानमा सातौँ डफ्फाको टोली खटिएको छ।
श्री स्पेसल गार्ड युनिट अन्तर्गत श्री भगवती प्रसाद गुल्म (शान्ति सेना) को छैटौँ डफ्फालाई बदली गर्न श्री नयाँ भैरवीदल गुल्म (शान्ति सेना) सातौँ डफ्फाका ११५ जना सैनिकहरू सेनानी रामकृष्ण बस्नेतको नेतृत्वमा २०८२ जेठ १९ गते मिसन इलाकातर्फ प्रस्थान गरेका हुन्।
त्यस्तै, आफ्नो कार्यकाल सम्पन्न गरी मिसनबाट फर्किएका ११५ जना नेपाली शान्ति सैनिकहरू प्रमुख सेनानी विश्वनाथ तिमल्सिनाको नेतृत्वमा २०८२ जेठ २० गते स्वदेश फर्किएका छन्।
हाल सो मिसनमा कुल २३२ जना नेपाली शान्ति सैनिकहरू कार्यरत रहेका छन्।