नेपालका बैंकहरूको शाखा विदेशमा खोल्न सभापति चालिसेको आग्रह

नेपालका बैंकहरूको शाखा विदेशमा खोल्न सभापति चालिसेको आग्रह

बिहिवार, असार १९ २०८२
बिहिवार, असार १९ २०८२
  • images
    images
    नेपालका बैंकहरूको शाखा विदेशमा खोल्न सभापति चालिसेको आग्रह
    images
    images

    काठमाडौँ / अर्थ समितिका सभापति सन्तोष चालिसेले विदेशमा नेपालका बैंकहरूको शाखा खोल्नुपर्ने बताएका छन् । बिहीबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले ठुलो जनसङ्ख्या बाहिर जादाँ बाहिर पनि नेपाली बैंकका शाखा खोल्नुपर्ने बताएका हुन् । 

    उनले बैंकको व्यवस्थापन लगानीकर्ताले नभई विज्ञले चलाउनुपर्ने बताए । उनले भने, “बैंकको व्यवस्थापन विज्ञले चलाउनुपर्छ । अहिले धेरै बैंकमा मालिक नै चेयर म्यान भएर बसेका छन् । यो विज्ञले चलाउनुपर्छ आफैँ किन बस्नुपर्यो । बैंकहरूलाई बाहिर मुलुकमा किन नलाने ? यति ठुलो जनसङ्ख्या बाहिर छन् भने शाखाहरू किन नखोल्ने त त्यसको बाधाहरू के हुन् ?" उनले नेपालका एटिएम भारतमा चल्ने तर भारत नचल्दा भारतका मानिसले नेपालमा चाहे जति खर्च गर्न नसक्ने पनि बताए ।

    “हाम्रो एटिएम भारतमा चल्छ यहाँबाट हस्पिटल जानेहरूले चलाइरहनुभएको छ । भारतका मानिसहरूको यहाँ चलाए त पैसा बोकेर ल्याउन परेन उसँग जति क्यापिटल छ उसले त्यति खर्च गर्छ,” उनले भने । 

    यस्तै बैठकमा सांसद विनोद चौधरीले बैंकका व्यवस्थापक, बोर्डहरू राम्रो काम गरे लगानीकर्ता उत्साहि हुने र बाफियाले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने बताए । 

    उनले भने, “बैंक चलाउनुपर्ने काम बैंकर कै हो । विज्ञ कै हो । बैंकको बोर्डमा विज्ञहरू नै हुनुपर्छ । बैंकको व्यवस्थापन, बोर्डहरूले राम्रो काम गर्यो भने लगानीकर्ताको लगानी स्वतः जोगिन्छ । आउने बाफियाले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउँछ ।” 

    उनले नेपालले बाहिर बैंकका शाखा खोली लगानी गर्ने सोच बनाएर नेपालीको पूँजी समेट्ने पनि बताए । 

    बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गरिएको थियो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com