काठमाडौँ / गायक तथा संगीतकार गणेश रसिकको आइतबार निधन भएको छ । ७७ वर्षिय उनको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको पारिवारिक स्रोत जानकारी दिएको छ ।
उनी विगत पाँच वर्षदेखी क्यान्सर रोगबाट ग्रसित थिए । ७७ वर्षीय रसिक ५ वर्षदेखि क्यान्सरले पीडित थिए ।
रसिककी एक मात्र छोरी बेलायतबाट फर्किएपछि दाहसंस्कार गरिने जनाइएको छ । रसिकको शवलाई त्रिभुवन शिक्षण अस्पतालमा राखिने भएको छ ।