मृत पशुपंक्षीलाई श्रद्धाञ्जली दिएर मनाइयो नार्ड [ तस्वीरहरु ]

मृत पशुपंक्षीलाई श्रद्धाञ्जली दिएर मनाइयो नार्ड [ तस्वीरहरु ]

आइतवार, जेठ १८ २०८२
आइतवार, जेठ १८ २०८२
  • images
    images
    मृत पशुपंक्षीलाई श्रद्धाञ्जली दिएर मनाइयो नार्ड [ तस्वीरहरु ]
    images
    images

    शनिवार धर्मचक्र पार्क (भगवान पाउ पार्क), स्वयम्भूमा एनिमल सेभ, नेपालको आयोजनामा राष्ट्रिय पशुपन्छी अधिकार दिवस (नार्ड) मनाए। यो कार्यक्रम मानवद्वारा मारिएका सबै पशुपन्छीको स्मरणमा दुई मिनेटको मौन धारण गरी सुरू भएको थियो। 

    त्यसपछि पशुपंक्षीको सम्झनामा दियो बालियो र पशुपंक्षीका तस्वीरमा फूल चढाएर श्रद्धाञ्जलीसमेत दिइयो।

    कार्यक्रममा पशुपंक्षीलाई कष्ट नदिईकन, पशुको माछामासुलगायत भोजन नखाइ पनि जीवन जिउन सकिन्छ भन्नेबारे अभियन्ताहरूले बोले। त्यस्तै, शाकाहारी जीवनशैलीबारे नेपाल र विश्वभर भइरहेका प्रगतिबारे पनि सहभागीहरूलाई जानकारी दिइयो।

    स्मरणीय छ, तुलनात्मक रूपमा पशुहिंसाबारे जनमानसमा पहिलेभन्दा बढी चेतना बढ्दैछ। कानूनमा पनि केही सुधार हुँदैछन्।

    कार्यक्रमको सुरुवात बुद्ध पार्क (स्वयम्भू गेट) बाट भगवान पौ पार्कसम्मको शान्तिपूर्ण र मौन पदयात्राबाट भयो। 

    पशु अधिकारकर्मी र सहानुभूति राख्नेहरूले एकजुट भई पदयात्रा गर्दै पशुपन्छीका अधिकारका लागि वकालत गरे र उनीहरूको पीडाबारे बोले। 

    nard.jpg

    (धर्मचक्र पार्क) भगवान पाउमा पुगी सहभागीहरूले पशुका पीडा पोख्ने खालका कथा र कविता वाचन गरे। 

    मौन धारण, फूल चढाउने र दियो बाल्ने कार्यसँगै पशु अधिकारको घोषणापत्रसमेत पढिएको थियो। उपस्थित सबैले क्रुरतारहित जीवनशैलीमा प्रतिबद्ध हुने बताए र  पशु अधिकारको घोषणापत्रमा हस्ताक्षर गरे। 

    कार्यक्रममा नेपाल साकाहारी संघका अध्यक्ष कृष्ण गुरुङको गीत प्रस्तुति, र रघु आदित्यले लेखेको पुस्तक ‘शाकाहार तर्काधार’ सार्वजनिक गरियो। 

    कार्यक्रमको अन्त्यमा कथाघेरा प्रोडक्सनद्बारा रचित ुएनिमल फार्मुको एडप्टेसनबाट एक गीतको विशेष प्रस्तुति रह्यो। यसवर्षको नार्डमा लभिङ हार्ट भिगन रेष्टुरेन्ट, वाईट लोटस्, भिगन हाउस, सारा बेक्स भिगन, बेटर ब्याटर भिगन, सो भिगनलगायतको साथ रहेको थियो। 

    राष्ट्रिय पशुपन्छी अधिकार दिवस (नार्ड) बारे

    राष्ट्रिय पशुपन्छी अधिकार दिवस संसारभरका विभिन्न शहरहरूमा आयोजित वार्षिक उत्सव हो, पशु अधिकारको बारेमा जागरूकता बढाउन समर्पित छ। 

    यो कार्यक्रमले मानव हातबाट आफ्नो ज्यान गुमाएका अरबौँ जनावरहरूको सम्झनामा, जनावरहरूको पिडा तथा शोषणलाई उजागर गर्दै, भिगन जीवनशैलीका फाइदाहरूबारे जनतालाई शिक्षित गर्ने र पशु अधिकार अभियानमा भएको प्रगतिको उत्सव मनाउने लक्ष्य राख्छ। 

    यस वर्ष, नार्ड विश्वको ५० भन्दा बढी देश र १५० भन्दा बढी शहरहरूमा आयोजना गरिएको छ।

    एनिमल सेभ, नेपालबारे

    एनिमल सेभ नेपाल नेपालभर जनावरहरूको अधिकार प्रवर्द्धन गर्न समर्पित एक अग्रणी पशु अधिकार संस्था हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com