आज भोटो जात्रा, उपत्यकामा सार्वजानिक बिदा

आज भोटो जात्रा, उपत्यकामा सार्वजानिक बिदा

आइतवार, जेठ १८ २०८२
आइतवार, जेठ १८ २०८२
  • images
    images
    आज भोटो जात्रा, उपत्यकामा सार्वजानिक बिदा
    images
    images

    काठमाडौँ / आज काठमाडौँ उपत्यकामा भोटो जात्रा पर्व मनाइँदैछ । नेपाल संवत्को सातौँ महिना बछलाको शुक्लपक्षको चौँथो तिथिमा पर्ने यो जात्रा मनाइन्छ ।  

    बुंग द्यः जसलाई रक्तलोकित्सर्व करूणामय अनि रातो मछिन्द्रनाथका साथै, वर्षाका देवताका रूपमा प्रचलित यस देवताको जात्रा काठमाडौँले सदियौँदेखि मनाउँदै आएको छ । 

    ललितपुरमा शाषन गरेका राजा नरेन्द्र देवको पालादेखि मनाइदै आएको यो जात्रा पुलचोकमा ६० फुट अग्लो रथको निर्माण कार्य अगाडि बढेदेखि नै यस जात्राको रौनक शुरू हुन्छ । रथ निर्माण पछि बुंग द्यः को मन्दिरबाट मूर्ति ल्याएर रथमा राखी एक महिनासम्म भक्तजनहरूले त्यस रथलाई उपत्यकाका विभिन्न ठाउँहरूमा तानिन्छ । 

    रथ तान्ने क्रम गाबाहल, मगंलबजार, हाखा, सुन्धारा, चक्रबाहल, लगनखेल हुँदै जावलाखेल मैदानमा राखिन्छ र शुभसाईत हेरेर भोटोजात्राको मिति तय गरिन्छ । 

    यो जात्रा नेपाली ऐतिहासिक भोटो देखाईएपछिमात्र अन्त्य हुने गर्दछ । यसरी भोटो देखाउनका लागि राष्ट्रप्रमुख आउने र अन्य महत्त्वपूर्ण विशिष्ट व्यक्तिहरू उपस्थित रहने चलन छ ।भोटोजात्राको अवसरका उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर) मा सार्वजानिक बिदा समेत दिइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com