महामारी रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गरेका निर्णयहरू

महामारी रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गरेका निर्णयहरू

बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • images
    images
    महामारी रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गरेका निर्णयहरू
    images
    images

    महामारी रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गरेका निर्णयहरू:

    १. सम्भावित महामारी क्षेत्रको पहिचान
    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा मार्फत सम्भावित महामारी फैलन सक्ने स्थानहरूको पहिचान र सरसफाई तथा शुद्ध पानीको प्रयोगमा जोड।

    २. स्थानीय तहसम्म सूचना सम्प्रेषण
    राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमार्फत सरसफाई र शुद्ध पानीको महत्वबारे सूचना सामग्रीहरू प्रभावकारी रूपमा स्थानीय तहसम्म पुर्‍याउने।

    ३. द्रुत प्रतिकार्य समूह सक्रिय बनाउने
    सबै स्थानीय तहका द्रुत प्रतिकार्य समूहसँग भर्चुअल बैठक गरी जानकारी संकलन तथा महामारी नियन्त्रणको तयारी अघि बढाउने।

    ४.प्रशिक्षित जनशक्ति परिचालन
    सातै प्रदेशमा तालिमप्राप्त स्वास्थ्यकर्मीहरूको विवरण अद्यावधिक गरेर आवश्यकता अनुसार परिचालन गर्ने।

    ५.आपतकालीन समन्वय केन्द्रसँग सहकार्य
    राष्ट्रिय र प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रहरूसँग समन्वय गरी महामारी रोकथामका कार्यहरू अघि बढाउने।

    ६. संक्रामक रोग ऐन २०२० संशोधनको तयारी
    बदलिंदो परिस्थितिअनुसार संक्रामक रोग ऐन २०२० संशोधन गर्न एक साताभित्र प्रारम्भिक तयारी गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्ने।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com