नेपालगञ्जदेखि दिल्ली र हरिद्वारसम्मको टिकट बससेवामा काट्न सकिने, कसरी काट्ने ?

नेपालगञ्जदेखि दिल्ली र हरिद्वारसम्मको टिकट बससेवामा काट्न सकिने, कसरी काट्ने ?

बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • images
    images
    नेपालगञ्जदेखि दिल्ली र हरिद्वारसम्मको टिकट बससेवामा काट्न सकिने, कसरी काट्ने ?
    images
    images

    काठमाडौँ / बससेवाले भारतका प्रमुख धार्मिक तथा व्यापारिक केन्द्रहरू दिल्ली र हरिद्वारसम्म बसमा यात्रा गर्ने यात्रुका लागि अब अनलाइनबाटै टिकट काट्ने सेवा सुरु गरेको छ । 

    भेरी यातायात प्रालिले सञ्चालनमा ल्याएको लक्जरी बसलाई ‘बससेवा’ को पहलमा नेपालगञ्जबाट दिल्ली र हरिद्वारसम्म अनलाइन सुविधा सुरु गरेको विज्ञप्तिमा उल्लेख छ ।

    बससेवाले पूर्वदेखि पश्चिमसम्म देशको राजधानी काठमाडौँसहित विभिन्न मुख्य गन्तव्यमा अनलाइन टिकेटिङ सेवा सञ्चालन गर्दै आएको छ । यात्रुको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले भारतका गन्तव्यहरूसम्म पनि यो सेवा विस्तार गरेको हो ।

    कसरी काट्ने टिकट ?

    मोबाइल एप ‘बससेवा’मा लगइन गरेपछि यात्रुले आफ्नो गन्तव्य, यात्रा मिति र समय छनोट गरी भेरी यातायातको बसको सिट बुक गर्न सक्छन् । अथवा, बससेवाको वेबपोर्टलमार्फत कुनै ब्राउजरमा बससेवा डटकम (दगककभधब।अयm) बाट पनि टिकट काट्न सकिन्छ । 

    निलो रङ लागेको सिट खाली भएको संकेत हुनाले त्यसमध्ये आफूलाई पायक पर्ने सिट छानेर अनलाइन माध्यमबाट भुक्तानी गरेपछि टिकट बुक हुन्छ । 

    बससेवाले एसएमएसबाट पनि टिकट सुनिश्चित भएको जानकारी गराउँछ । त्यसपछि प्राप्त हुने टिकट सुरक्षित राखेर त्यही देखाएर बसमा यात्रा गर्न सकिन्छ वा टिकट काटेको सुनिश्चित भएको एसएमएस पनि देखाउन सकिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com