महालक्ष्मी विकास बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध

महालक्ष्मी विकास बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध

शनिवार, जेठ १० २०८२
शनिवार, जेठ १० २०८२
  • images
    images
    महालक्ष्मी विकास बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
    images
    images

    काठमाडौँ / महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच एनपिएस–एनसिएस तथा डोमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । 

    एनसीएचएलले हालै एनपिएस–एनसिएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्वीच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरू एनपिएस–एनसिएस र नेपाल पे कार्डमा आवद्ध भइरहेका छन् । 

    नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात महालक्ष्मी विकास बैंकले ग्राहकहरूका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् । 

    एनपिएस–एनसिएसलाई विभिन्न कार्ड स्विचहरू बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रूपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरूको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

    एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।

    एनपिएस–एनसिएस र नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई  थप उचाईँमा पु-याउने अपेक्षा गरिएको छ । नेपालका अग्रणी बैंकहरू मध्येको महालक्ष्मी विकास बैंकले देश भरी रहेका १०३ वटा शाखा तथा ४९ एटिएम टर्मिनलमार्फत ग्राहकवर्गहरूलाई अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com