सुनकोशीमा पानीको सतह बढ्दा झिकियो फोक्सिङटारको बेलिब्रिज, अब गाईघाट हुँदै दिक्तेल पुग्न सकस

सुनकोशीमा पानीको सतह बढ्दा झिकियो फोक्सिङटारको बेलिब्रिज, अब गाईघाट हुँदै दिक्तेल पुग्न सकस

बिहिवार, जेठ ८ २०८२
बिहिवार, जेठ ८ २०८२
  • images
    images
    सुनकोशीमा पानीको सतह बढ्दा झिकियो फोक्सिङटारको बेलिब्रिज, अब गाईघाट हुँदै दिक्तेल पुग्न सकस
    images
    images

    खोटाङ / सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल-गाईघाट सडक खण्डको फोक्सिङटार भएर बग्ने सुनकोसी नदी तर्न जडान गरिएको अस्थायी बेलिब्रिज हटाइएको छ ।  

    पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने फोक्सिङटारको मोटरेबल पक्की पुल गत वर्षको बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरिएको थियो । 

    नदीमा पानीको सतह बढ्न थालेपछि बेलिब्रिज निकालिएको गाईघाट-दिक्तेल सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए । सडक विभागले रु एक करोड दुई लाखमा बेलिब्रिज जडान तथा झिक्न निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।

    बेलिब्रिज हटाइएपछि दिक्तेलबाट गाईघाट हुँदै धरान, विराटनगर, काँकडभिट्टा आउजाउ गर्न कठिन भएको छ भने ती स्थानमा पुग्न दिक्तेल–हलेसी-जयराम-घुर्मी-कटारी सडक प्रयोग गर्नुपर्ने भएको छ । 

    यो वैकल्पिक बाटो यात्राका निम्ति कठिन, लामो र साँघुरो छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com